• २०७५ पौष ४ गते, बुधबार
०५:३२ pm

भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने


न्यूज ब्यूरो |
काठमान्डौँ, २ साउन ।
 आमरण अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोली विहिबार देशभरिकै अस्पतालमा ईमरजेन्सी सेवा बाहेक सबै सेवा ठप्प पार्ने भएको छ  ।

 

नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

 

 केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर गर्दै सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सृजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।


संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’ 

 

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

 

‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

 

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस