महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच भिडन्त, ७ राउण्ड गोली फायर

२०७५ श्रावण २ बुधबार
बेलुकी ६:४६ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
महोत्तरी, २ साउन ।
 महोत्तरीमा अबैद्य तस्करीको गाँजा समात्न गएका प्रहरीसँग तस्करको दोहोरो भिडन्त भएको छ । 


भिडन्तमा तस्करहरु भागेपनि ३३ किलो गाँजा समात्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित कार्यालय प्रमुख तथा प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खड्काले बताए ।


जिल्लाको एकडारा गाँउपालिका वडा नं। ३ अजमरपट्टी गाँउको बाटो हुदै भारतको सुरसण्ड तिर बिक्रीका लागि गाँजा लगिरहेको गोप्य सुचनाको आधारमा डिएसपी खड्काको कमाण्डमा रहेको टोलीसँग तस्करको दोहोरो भिडन्त भएको हो ।


गएराती  मंगलवार  करिव १० बजे भएको उक्त भिडन्तमा तस्कर पक्षबाट ३ देखि ४ राउण्ड गोली चलेको र जवाफमा प्रहरीले ४ राउण्ड गोली चलाएपनि तस्कर भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

 

डिसपी खड्काका अनुसार भिडन्तको क्रममा तस्करहरु गाँजा छोडेर भागेकोमा जुटको बोरा भित्र प्लाष्टिकका पोकामा रहेको गाँजा फेला परेको बताए ।

गत महिना मात्र प्रहरीले सोही स्थानको दुई घरबाट एक सय ८६ किलो तयारी गाँजा बरामद गरेको थियो ।

 


 गत आर्थिक वर्षमा मात्र प्रहरीले दुई सय नौ किलो एक सय १० ग्राम तयारी गाँजा महोत्तरीको विभिन्न स्थानबाट बरामद गरिसकेको छ ।


विगतमा महोत्तरीमा गाँजाको व्यापक खेती हुने गरेको थियो । हाल निक्कै कम मात्रमा खेती भएपनि अन्य जिल्लाबाट गाँजा व्यापकरुपमा आईरहेकाले अझै नियन्त्रण हुन सकेको छैन । बाहिरी जिल्लाहरुबाट आउने गाँजा केही मात्र नेपाली सीमा भित्र खपत हुने र अधिकांश नेपालको बाटो भई भारत जाने गरेको छ ।


 खुल्ला सीमाना र विभिन्न चोरबाटोको कारण नेपालबाट वर्षेनी सयौ किलो गाँजा भारत गईरहँदा पनि नियन्त्रणमा समस्या भइरहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ श्रावण २ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }