जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यू, जलेश्वरमा गर्भवति महिला र वच्चाको मृत्यु !

२०७५ असार ३२ सोमबार
रति ८:४९ बजे
न्यूज ब्यूरो, डेस्क


बाबु प्रेम यदुबँशी |
महोत्तरी, ३२ असार । 

जिल्ला अस्पताल जलेश्वरमा सोमवार विहान करिव ३ बजे एक गर्भवती महिला र पेटमा रहेको बच्चाको मृत्यु भएको छ । 

 

आईतवार दिउसो करिव १ बजे प्रसुती कक्षमा भर्ना गरिएकोमा उपचारको क्रममा मध्यराती नै मृत्यु भएपनि मृत्युको केहि घन्टापछि चिकित्सकले पुष्टी गरेको मृतक २३ वर्षिया रुवी कुमारी जयसवालका श्रीमान संतोष जयसवालले बताए ।


उनले अस्पतालमा आईतवार नै ल्याएपनि वच्चा हुन्छ र सवै नोरमल छ भनेर अस्पतालका कर्मचारीहरुले भर्ना गरि राखेको र अस्पतालमै चिकित्सकहरु हुदा हुदै वेवास्ता गरि विरामीको अवस्था विग्रदै जादा समेत चिकित्सकलाई नवोलाईदिदा मृत्यु भएको मृतकका पति जयसवालको आरोप छ ।


 उनी अस्पतालमा कार्यरत स्टाफ नर्सहरुले लापरवाही गर्ने गरेको र लापरवाहीकै कारण आफ्नो श्रीमति र पेटमा रहेको बच्चाको मृत्यु भएको बताउदै अन्य कसैसंग यस्तो नहोस भनेर अस्पतालमाथी मुद्दा हाल्ने तयारीमा आफु रहेको र यस सन्दर्भमा परिवारमा छलफल समेत भैरहेको बताए ।

 


सामान्य तोडफोड :

अस्पतालमा कर्मचारीको लापरवाहीले गर्भवती महिलाको मृत्यु भएको भन्दै सामान्य तोडफोड गरिएको छ । तोडफोड पिडित परिवारले गरेको अस्पतालको भनाई रहेपनि पिडित पक्षले भने तोडफोड नगरेको तर नर्सहरु वस्ने कोठामा आवाज लगाउदा कोहिले नसुने पछि ढोका ढ्कढ्क्याउने क्रममा एउटा सिसा फुटेको बताए । उनी अस्पतालमै विरामीहरुको अवस्था गम्भिर हुदा समेत ड्युटीमा खटिएका कर्मचारीहरु आफैमा व्यस्त हुने गरेको बताए । 


यता विरामीको मृत्यु दुखद भएको र आफुहरुले क्षमता भए अनुसारको प्रयास भने गरेको चिकित्सक डा. केसर चौधरीले बताए । पल्मोलरी इम्वोलिजमले मुटुको धडकन बन्द गराउने वा गतिमा अवरोध गराउने भएको र सोहि कारणले गर्भवती महिलाको मृत्यु भएको  हुन सक्ने जाचको प्रारम्भिक क्रममा देखिएको चिकित्सक डा. केशर चौधरीले वताए । 


उनले विरामीको अवस्था अचानक नै गम्भिर हुन पुगेको र तत्काल नै ड्युटीमा रहेको डा. सरुसा मण्डलले जाच गरेको र पछि आफुलाई समेत खवर गरिएकोमा तत्कालै उपस्थित भई निक्कै प्रयास गर्दा समेत विरामी वचाउन नसकिएको उहाको भनाई छ । 


घटना दुखद भएपनि चिकित्सकिय कमजोरी भन्दा पनि विरामीको अवस्था नै अचानक त्यसतो भएको हुदा उहाको मृत्यु भएको बताए । एउटा चिकित्सकले विरामीलाई वचाउन  सक्ने सवै प्रयास भने गरिएको तर दुर्भाग्यवश विरामीलाई वचाउन असफल रहेको उहाले बताए ।

 


दिनभरी अस्पतालको अवस्था तनावग्रस्त :

मध्यराती नै अस्पतालमा तोडफोड भएको खवर पछि जलेश्वर अस्पतालमा सोमवार दिनभरी प्रहरीले सुरक्षा दिएका थिए । अस्पतालमा एक हवल्दार र एक सिपाहीको २४ घन्टा ड्युटी रहेपनि घटनाको संवेदनशिलतालाई हेर्दै थप प्रहरी परिचालन गरिएको थियो ।

 

अन्त्येष्ठी ससुराली मै :

मृतक रुवीको अन्तिम संस्कार उनको ससुराली औरही नगरपालिका वडा नं. १ मै गरिएको छ । जलेश्वर नगरपालिका वडा नं. १ मा माईत रहेको र उनी प्रसुतीकै लागि माईत आएकि थिईन । जलेश्वर अस्पतालमा विगतमा  लापरवाही केहि व्यक्तिको मृत्यु भैसकेको र केहि पटक तोडफोड समेत भैसकेपनि अझै सुधार नआएको स्थानियहरुको आरोप छ ।

 

थप एक सुत्केरीको अंचल अस्पतालमा मृत्यु : 

महोत्तरीकै थप एक सुत्केरी महिलाको जनकपुर अंचल अस्पतालमा मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नं. ९ पशुपतिनगरका शिवशंकर महतो का २२ वर्षिया श्रीमती गौरी कुमारी महतोको मृत्यु भएको हो ।

 

घरमै वच्चा जन्मिएको र अत्यधिक रक्तस्राव भएकोले गाउकै चिकित्सक सुरेन्द्र कुमार महतोलाई देखाएकोमा उनैको लापरवाहीले आफ्नी श्रीमतिको मृत्यु भएको मृतकका श्रीमान शिवशंकर महतोको आरोप छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७५ असार ३२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus