विश्वको सबभन्दा ठुलो सर्च ईन्जिन "गूगल" को प्रिमियर पार्टनर जनकपुरबाट

२०७५ असार ३१ आइतबार
दिउसो २:३२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ असार ।
विश्वमै ईन्टरनेटको जमानामा सबभन्दा ठुलो सर्च ईन्जिनको रुपमा रहेको गूगलको प्रिमियर पार्टनर जनकपुरबाट बन्न सफल भएका छन् ।

 

गूगलमा सर्च ईन्जिन अप्टीमाईजेशन, वेभ डिजाईन, विज्ञापन, गूगल लोकल अप्टिमाईजेशन सम्बन्धी काम गर्दै आएका जनकपुरको "ईन्टरनेट मार्केट टुडे" ले यस वर्ष गूगल प्रिमियर पार्टनरको दर्जा पाएका हुन् ।

 

ईन्टरनेट मार्केट टुडेका सँचालक अमित झाले अधिकारिक जानकरी दिँदै गूगलमा विज्ञापन पेड प्रणालीबाट जनकपुरबाटै व्यवस्थापन गर्ने कार्य गर्दै आएकोमा ४ वर्षको अन्तरालपछि प्रिमियर पार्टनर बन्न सफल भएको बताए । 

 

गूगलमा सोसल मिडिया मार्केटिँगको लागि समेत काम गर्दै आएका "ईन्टरनेट मार्केट टुडे" गूगल जस्तो कम्पनीको सहजकर्ताको रुपमा नेपालमै प्रथम बन्न सफल दाबी झाले गरेका छन् ।

 

गूगल जस्तो कम्पनीको प्रिमियर पार्टनर त्यो पनि नेपालमै पहिलो जनकपुरबाट भएपछि सँचालक झाले खुसी व्यक्त गर्दै गूगलमा मार्केटिँगको लागि अझ प्रगाढ बन्ने बताए । जनकपुरबाटै गूगलको लागि सेवासुविधाहरुबारे जानकारी तथा सेवाग्राहीले सेवा लिन पाउने छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या, दुई युवक पक्राउ

  • २०७५ असार ३१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी चक्कुले रेटेर हत्या गरेको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बल्हास्थित युवकलाई चक्कुले घाँटी रेटेर हत्या भएको हो ।  बुधबार

पूरा पढ्नुहोस्

Bureau Menus

} }