बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेहरु फर्केर हेर्दैनन, सस्तो लोकप्रियताको पराकाष्ठा

२०७५ असार २८ बिहीबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो, डेस्क


बाबु प्रेम यदुवन्शी |
महोत्तरी,२८ असार ।
महोत्तरीका विभिन्न बिधालयमा विगत केहि महिना अगाडि विद्यालय भर्ना गर्ने अभियानले व्यापकता चहलपहल पाएका थिए ।


 वालवालिकालाई विद्यालयमा आकर्षित गर्न तथा विद्यालय वाहिर रहेका वालवालिकाहरुलाई समेत विद्यालय भर्ना गराउन नेपाल सरकारले अभिभावकत्व ग्रहणको अभियान चलाएको थियो ।

 

 यसै अभियान अन्तर्गत ठुला ठुला नेता देखि विभिन्न सार्र्वजनिक पद ग्रहण गरेका व्यक्तिहरुले समेतले विभिन्न आयोजित कार्यक्रममा वालवालिकाको अभिभावक बने र फोटो खिचाए नाम लेखाएका थिए । तर वास्तविकता भने एक पल्ट पनि फरकेर हेरेको छौन ।

 

महोत्तरीको औरही नगरपालिका वडा नं। १ मुसहर वस्ती का ७ वर्षिय अमित कुमार माझीको अभिभावकत्व प्रतिनिधी सभा सदस्य शरत सिंह भण्डारीले गरे तर हालसम्म वच्चाले कुनै सहयोग नपाएको वालकका कि आमा इन्दु सदा बताउनुभयो । 

 

उनी आफ्नो वच्चाको अभिभावक नेताज्यु बन्नु भएको थाहा पाएको तर बच्चाको लागि कापी कलम लगायतका सामग्री अरुहरुको सहयोग र आफ्नै कमाईले पुरा गर्नु परेको बताईन । अमित को आमा दुईजिउकि छिन तर पनि वच्चाहरुको भरण पोषणको लागि ज्यालादारी गर्न विशवशनिए छिन ।

 

बालकका पिता गोपी सदाले समेत कसैले आफने वालवालिकालाई नदेखेको दुखेसो पोखे । श्रीमान श्रीमति दुवैजना दैनिक ज्यालादारी गरेर ल्याएको दुई पैसाले सात वर्षिय छोरा अमित र अर्का ४ वर्षिय छोरा आकाशको भरन पोषण गरिरहेको बताइन । 

 

औरही स्थित जनता आधारभुत विद्यालयमा प्रतिनिधी सभा सदस्य शरत सिंह भण्डारीले दुई र निर्जला राउतले दुई वालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन ।


यता नेकपाका वरिष्ट नेता माधव नेपालले बर्दिवास स्थित राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत सवनम खातुन र कृष्ण महराको अभिभावकत्व ग्रहण गरेकोमा तत्कालै दुवै वालवालिकालाई ६ हजारको दरले रकम दिएको स्थानिय वरिष्ट पत्रकार गोपाल बरालले बताए ।

 

 उनले नेता नेपाल कै आग्रहमा वच्चाहरुको अवस्था वारे वुझ्ने क्रममा सवनम नियमित विद्यालय जाने गरेपनि कृष्ण केहि दिन विद्यालय नगएको थाहा पाउदै पत्रकार बरालले उनको अभिभावकलाई सम्झाएपछि अहिले दुवै नियमित विद्यालय जाने गरेको पत्रकार वरालले बताए ।

 

जिल्लामा पठन पाठनको लागि अभिभावकत्व ग्रहण गरिएका वालवालिकाहरुको संख्या ९२ भएपनि शिक्षा विकास तथा समन्वय इकाई जलेश्वरसंग उपलब्ध तथ्यांकमा जम्मा २२ छ । 


महोत्तरीमा नेकपाका वरिष्ट नेता माधव नेपाल,प्रतिनिधी सभा सदस्यहरु शरत सिंह भण्डारी र निरजला राउत तथा प्रदेश सभा सदस्यहरु मन्जु यादव र शारदा थापासंगै जिल्ला समन्वय समिति संयोजक र विभिन्न पालिकाका मेयर लगायतका विभिन्न पदाधिकारीहरुले विभिन्न वालवालिकाको अभिभावकत्व ग्रहण गरेका हुन ।

 

अभिभावकत्व लिने अधिकांशले तत्काल आफ्नो नामको प्रचार हुने वा कार्यक्रममा गईसकेपछि वाध्यतावश अभिभावकत्व ग्रहण गर्नु परेको देखिएको छ ।


 जिल्लामा अभिभावक पाएका यस्ता वालवालिका मध्ये अधिकांशले एक पटक वाहेक कापी कलम,कपडा,जुता,व्याग लगायतका सामग्री नपाएको देखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७५ असार २८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus