• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:०७ am

तिम्रो मेडिकल शिक्षा हाम्रो कहिले बन्ने सरकार ?

 

हो ? अब महशुश हुंदैछ कि यही देशको बासिन्दा म भएर पनि मैले मेडिकल शिक्षा पढन् पाऊदिन्न होला ।  मेडिकल पढनलाई यो देशको एक छुटै बर्ग छ जो केही खास छ । 


हुन् त मेडिकल पढन लायकको हुनुपर्ने योग्यता सबै म मा पनि छ तर अवसर त ऊसैले पाँउछ होला,  के केहि बिशेष हुनैपर्नै हो त ? त्यस्तो के छैन् हामिसंग र ? आखिर ठिक ठाक पैसाबाल नै हुं म पनि । 


म जस्तै यि यस्ता लॉखौ नेपालीको मनमा मनोबिञ्यान बनिसकेको छ । म नेपाली भए पनि मैले आफ्नै देशको मेडिकल कॉलेजमा सिट पाऊदिन तर एऊटा भारतिय मूलकोले पहिलै पाऊछ ।


 किनभने जति फि म दिन्छु त्यतिनै फि ऊसले दिन्छ तर भारूमा त्यति१ प्रष्ट छ१ सिट ऊसैले पाऊछ नि ।

 

अनि सिट अनुकुल बिधार्थी नै राख्ने हो तर जसको पैसा र पहुंच पुग्छ ऊसैको हुने हो नामाकंन । किन यस्तो बिभेद गरेको त तिमिले एऊटा नेपाली संग अभिभाबक भएर सरकार१ तिम्रा अस्पतालमा गुणस्तरिय सेवा पाऊन पनि नेताज्यूहरूको सोर्स फोर्स लगाऊनु पर्ने सरकार ।


 कति लज्जास्पद जुन अस्पताल मेरो करबाट चल्छ त्यही अस्पतालको आईसियूमा ठाँऊ पाऊन पनि गार्हो हुने । के हामिलाई स्वास्थ सेवा प्रदान गर्नु तिम्रो दायित्व होईन र ? निशुल्क बितरण्को नाममा आएका औष्धिपनि सहज ऊपल्बध नहुने ।


 डॉसाबहरू आफ्नै निजी क्ल्निकमा भयाईनभाई हुन्छन्१ तिम्रै अस्पतालमा दलालहरू हुन्छन् जसले निजी क्लिनिकमा पढाऊछन् । गर्भबति महिलाहरू प्रसब पिडामा छटपटाईरहेकि हुन्छिन तर ति तिमै अस्पतालका कर्मचारीहरू रमिते बनिरहेका हुन्छन् । डॉसाबहरूको सरकारी तलब खाने अड्डा जस्तै बनेको छ१ के कर तिरेर तिम्रो अस्पतालमा आऊनु भूलै गरेजस्तो महशुश किन हुन्छ सरकार ?  


 किन मनोबैञानिक रूपमै दिमागमा यो बसिसकेको छ कि सरकारी अस्पतालमा लापारबाही ब्याप्त छ भनेर गम्भिर अब्सथामा निजीमै जानुपर्छ भनेर । यि यस्तै बेथितीलाई सुधार गर्न अनसने बसेका डॉ गोबिन्द केसी लाई तिमीले पक्राऊ गरेर हिरासतमा राख्न समेत पछि परेनौ है ।


 हो गोबिन्द केसी बौलाएकै हुन् तर के आफ्नो लागि बौलाएका हुन र ? ऊनले आफ्नो लागि कहिले के मागे र ? हो म मान्छु ऊनले गल्ति गरेका हुन् र त्यो हो मेडिकल बेथिती सुधारका ल़ागि आबाज ऊठाएका हुन् ।

 

 तिमीले लोकतन्त्र समेतको खिल्ली ऊडाएका छौ । हुन पनि हो आखिर तिम्रा कोई आफ्न्त कोई थोरै पढन् जान्छन र नेपालका मेडिकल कॉलेजमा र यहॉका सरकारी अस्पतालमा जो तिमी महशुश गर्न सक्छौ हाम्रो ।

 

तर ऩभूल पहिला तिमी नेपाली न हौऊ र हामि जस्तै नेपालीको भोटले तिमी आज सत्तामा छौ । बिन्ती छ सरकार मेरो ठाऊमा आफूलाई राखेर सोच एकछिन् ।


तिमी त अभिभाबक हौऊ१ बहुसंख्यकको पिडालाई गम्भिरतापूर्बक लिनु साटो दबाऊन खोज्नु भनेको तिमी आफ्नो लोकप्रियतालाई मार्नु हो ।


कति मन दुख्छ होला जहॉ मेरै अगाडि म भन्दा कमजोर बिधार्थीले आफ्नो नामको अगाडि डॉ. लेख्न पाऊछ ।


मेरो के दोष यदि म संग त्यति पैसा र पहुंच छैन् भने र यदि तिम्रो षडयन्त्रमा म सफल हुन सकिन् भने गल्ति त तिम्रो हो नि१ म त केबल एक नेपाली बनेर बॉच्न चाह्न्छु ।


म राख्दिन साटघाट ति तिम्रा देशका भ्रष्ट र तस्करहरूसंग अनि कसरी बन्छ त पहुंच मेरो तिम्रो षडयन्त्र संग सरकार ?

 

सुमित कर्ण, समाजिक अभियन्ता 
     जनकपुरधाम, प्रदेश २ 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस