दुई मोटरसाईकलमा आएका चार नकावधारीले साढे १६ लाख लुटे

२०७५ असार २६ मंगलबार
रति ८:५८ बजे
न्यूज ब्यूरो, डेस्क


बाबु प्रेम ययदुवन्शी |
महोत्तरी, २६ असार ।
महोत्तरीमा दुई मोटरसाईकलमा आएका चार नकावधारीले १६ लाख ५२ हजार लुटेर फरार भएका छन । 


जलेश्वर बर्दिवास सडक खण्डको मनरा सिस्वा नगरपालिका वडा नं. ६ जावख र सरपल्लोको विचको बाटोमा अपरान्ह करिव चार बजे उक्त रकम हथियार देखाई नवाकधारीहरु लुटेर भागेका थिए । 


मनरा सिस्वा नगरपालिका वडा नं. ७ सरपल्लोमा प्रभु मनि ट्रान्सफर संचालनमा रहेकोमा उक्त मनि ट्रान्सफरका कर्मचारी संजिव साहले जलेश्वर स्थित लक्ष्मी वैंकवाट १३ लाख ९३ हजार र प्रभु वैंक जलेश्वरबाट २ लाख ५९ हजार गरि जम्मा १६ लाख ५२ हजार ज ६ प ५७६४ नं. को मोटरसाईकलमा  सरपल्लो तिर लिएर आउदै गरेकोमा उनी लुटिएका हुन ।

 

 उनीहरु रकम लुटेर जलेश्वर बर्दिवास सडककै उत्तर तिर भागेको पिडितको भनाई छ । 


लुटेरा समुहको दुवै मोटरसाईकलको नम्बर आफुले हेर्न नसकेको र उनीहरुले नकाव लगाएकोले अनुहार समेत चिन्न नसकेको पिडितले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र वहादुर खडकाले जनाए ।


 उनले तत्कालै प्रहरीलाई सकृय बनाइएकोले अपराधी छिटटै पकडमा आउने बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

SEE को पहिलो दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न, भोली नेपाली विषय

  • २०७५ असार २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । विहिबार बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको

पूरा पढ्नुहोस्

Bureau Menus

} }