धनुषामा पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी 

२०७५ असार २६ मंगलबार
रति ८:५० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २६ असार ।
धनुषामा पशु नश्ल सुधार सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 


धनुषाको धनुषाधााम नगरपालिकाबाट विनियोजित आर्थिक वर्ष २०७४ ७५ को बजेटबाट पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी गरिएको हो । 


पशुहरुको प्रजनन सम्बन्धमा प्रशिक्षकहरुले प्रकाश पार्दै दुध उत्पादन सम्बन्धमा समेत प्रष्ट उक्त गोष्ठीमा पारिएको थियो । 


धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्या देवी भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने गोष्ठीबाट साँढेबाट प्रजनन नगराईकनै पनि कृ.ग. बाट प्रजनन गराउने बारे समेत जनमानसमा जनचेतना फैलाइएको हो । गोष्ठीमा प्रजनन रोग बारे जानकारी, पशु विमा सम्बन्धी जानकारी, कृ.ग. सेवाबाट बाछी जन्माउने वीर्य बारे जानकारी गराइएको थियो । 

 

नगरपालिकाको सहयोग तथा नगरपालिका पशु शाखाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो । 


गोष्ठीमा क्षेत्रिय पशु रोग निवारण प्रयोगशाला जनकपुरका डा. लक्ष्मी नारायण दासले प्रशिक्षण सहित कार्यपत्र प्रस्तुत गरेका थिए । 
कार्यक्रममा नगरपालिकाका जनप्रतिनीधि तथा कृषक वर्गहरु सहित बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७५ असार २६ मंगलबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus

} }