• २०७५ असोज ९ गते, मंगलबार
०६:५१ pm

जनकपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यू , एकको अवस्था गम्भिर 


न्यूज ब्यूरो |
जनकपुरधाम, २५ असार ।
जनकपुरमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

 

सोमबार विहान करिब २ बजेतिर जनकपुर उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको सडक डिविजन कार्यालय अगाडी सवारी दुर्घटना भएको हो । 

 

जनकपुर-ढल्केवर  सडकखण्ड अन्तर्गत जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको ना १ क ३७७६ नम्बरको मिनिट्रकले सडकमा उभिराखेको गाईको बाछोलाई ठक्कर दिएपछि अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

गाईको बाछोलाई हान्दै मिनीट्रक अनियन्त्रीत भएपछि सडक किनारमै ढल्केबर तर्फ जानको लागि रोकेर लोड गरी राखेको ना ४ ख ३९१५ नम्बरको डिजल टयान्करमा ठोक्किएपछि ट्रक चालक धनुषाको जनकनन्दी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २६ का असगर अली शेख गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।  

 

यस्तै, ट्रकको सहचालक जिल्ला धनुषाकै विदेह नगरपालिका वडा नं. ९ बस्ने बर्ष २५ को नामथर नखुलेको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरीका अनुसार, तेल टयान्करको पछाडीको भाग फुटेर करिब १५ सय लिटर तेल पोखिएको हो । 

 

मिनी ट्रकको ठक्करबाट गाईको बाछोको पनि घटनास्थलमै मृत्यू भएको हो । मृतक युवकको सनाखत हुन बाँकी छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस