पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल भत्कियो, दुईतर्फी सवारी आवागमन अबरुद्ध

२०७५ असार २३ शनिबार
रति १०:२१ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
सप्तरी, २३ असार ।
महुली खोलामा आएको बाढीका कारण पश्चिमतर्फको पुल भत्केको हो ।गत बुधबार नै सडकमा चिरा परेको थियो भने पुल भाँसिएको थियो ।


 चिरा परेको स्थानमा मर्मत गर्न ध्यान नदिँदा सडक ५० मिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले पुलको पश्चिमपट्टीको ५० मिटर सडक भत्किसकेको बताए ।

 

पश्चिमपट्टीको पुलमा समेत चिरा परेको छ । ठूलो बर्षा भए थप सडक र पुल भत्किन सक्ने प्रहरी प्रमुख सिंहले बताए । 

 

सप्तरीमा दुई दिन यता बर्षा नभएपनि पहाडी जिल्लामा नियमित बर्षा भइरहेका कारण महुली खोलामा बाढी आएको छ महुली खोलाको पुल जिर्ण हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो स्थिति आएको स्थानीयहरुले बताएका छन् । 

 

अहिले एकतर्फी रुपमा सबारी संचालन भइरहेको छ । थप सडक भत्किए र पुल क्षतिग्रस्त भए पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुन सक्नेछन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७५ असार २३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus