नेपालकै पहिलो विद्यालयको नवनिर्मित भवन महोत्तरीमा उद्घाटन

-न्युज ब्युरो, डेस्क


बाबु प्रेम यदुवन्शी |
महोत्तरी, २३ असार
। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नेपालकै पहिलो विद्यालयको हालै नवनिर्माण भवनको उदघाटन गरेका छन ।


वालगुरु षडानन्दले भोजपुरको दिंगलामा स्थापना गरेका विद्यालयलाई नेपालको पहिलो विद्यालय भनिएपनि उहाले अध्ययन नै गरेको महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ७ मा अवस्थित राजकिय संस्कृत माध्यमिक विद्यालयको भवन मन्त्री पोखरेलले शनिबार एक कार्यक्रम बीच उदघाटन गरेका छ्न।


वि.सं. १७७५ मा स्थापना भएको उक्त विद्यालयमा सयजना शिष्य र ५० जना शिष्या गरि जम्मा १५० छात्र छात्रा अध्ययनरत छन । हालै कक्षा ११ को समेत अनुमति पाएको उक्त विद्यालयमा मुस्लिम,दलित लगायतका सवै समुदायको वालवालिका अध्यनगर्दै आएका छन । महर्षी महेश योगी फाउण्डेशनद्वारा विगत एक वर्ष देखि विद्यालयमा योग तथा ध्यान र अखण्ड रुद्राभिषेक संचालनमा रहेका छ्न ।

 

तिन व्लकको उदघाटन गरिएकोमा चारकोठे एक व्लक २४ लाख,दुई कोठे एक व्लक १३ लाख पचास हजार र चारकोठे अर्को व्लक ३२ लाखमा निर्माण भएका छ भने विद्यालयको थप १० लाख समेत खर्च भएका प्रधानाध्यापक ईश्वरी पौडेलले बताउनुभयका छ्न ।

 

यता मन्त्री पोखरेलको स्वागतमा वटुकहरुले स्वस्तिक वाचन गरे भने विद्यालयको तर्फबाट संस्कृति भाषामा लेखिएको अभिनन्दन पत्र समेत प्रदान गरिएको थियो । मन्त्री पोखरेल नेपाल संस्कृत विश्वविद्यालयका सह कुलपति समेत रहेकाले उहालाई मटिहानीकै याज्ञवल्क लक्ष्मीनारायण विद्यापिठ (क्याम्पस) नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष मुक्तीनाथ झा ले क्याम्पसको ध्यानाकर्षण गराउदै क्याम्पस सुधार तथा प्रगतिका लागि ज्ञापनपत्र समेत बुझाए ।

 


जहा एक छाक खानाको लागि दिईन्छ दुई रुपया पचास पैसा हामीले खानामा भात,दाल र तरकारी सामान्यतया खाने गरेको छौ । त्यही खानाको होटेलमा खादा कम्तीमा पनि दुईसय एक छाकको तिरिन्छ ।   

 

घरमै खाना पकाउनु परे एकजनाको लागि कम्तिमा पनि महिनाको तिन देखि चार हजार दुुई छाक खानामा खर्च हुन्छ तर राजकिय संस्कृत माध्यमिक विद्यालयका १० जना छात्रहरुले प्रतिछाक गुठी संस्थानबाट दुई रुपया पचास पैसा मात्र छात्रवृतीको रुपमा पाउने गरेका छन । 

 

मासिक १५० रुपया गुठीले प्रति छात्र दिने गरेकोमा महिनाको तिस दिनको त्यही भात दाल र तरकारी खान पाच रुपया पाईन्छ ।


यता थप ४४ जना छात्र(छात्रालाई गुठी ले नै चामल र दाल छात्रवृति स्वरुप दिने गरेका छ भने तरकारीको लागि प्रति विद्यार्थी एक रुपया दिईन्छ ।

 

 विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले विद्यार्थीको भोजन वेदना वारे मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए तर मन्त्री पोखरेलबाट यस सम्बन्ध मा कुनै प्रतिकृया आएन । 


प्रधानाध्यापक पौडेलले स्थानियहरुको चन्दा र सहयोगले जसो तसो छात्रछात्राहरुको भोजनको प्रबन्ध मिलाएको थपेका छन् ।
 

प्रतिकृया दिनुहोस

विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक

न्यूज ब्यूरो | जनकपुरधाम, ३ साउन । नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल विद्यार्थी सँघ धनुषाले स्वर्गीय नेता विपी कोईरालाको स्मृति दिवसमा विभिन्न

प्रदेश नं. २ स्वच्छताको दृष्टिकोणले पोलिथिनमुक्त प्रदेश हुनुपर्छ : साँसद यादव 

न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । प्रदेश नं. २ का प्रदेशसभा सदस्य एवम् समाजसेवी राम अशिष यादवले स्वच्छताको दृष्टिकोणले प्रदेश पोलिथिनमुक्त प्रदेश

नयुक्ति खारेजी अधिनायकवादको अर्को प्रमाण : निधि

न्यूज ब्यूरो | जनकपुरधाम, २२ असार । कांग्रेस उपसभापति विमलेन्द्र निधिले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने