धनुषाको महेन्द्रनगरमा दुधमतिद्धारा रक्तदान तथा सम्मान 

२०७५ असार २३ शनिबार
रति १०:०० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २३ असार ।
 धनुषाको महेन्द्रनगरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


स्थानीय दुधमति युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको जनाइएको छ  । 

 

रक्तदान जीवनदाना मूल नारा सहित ब्लड बैँकमा रक्तअभावलाई मध्यनजर गर्दै दुधमति युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

 

महिलाहरुको समेत सम्मानजनक सहभागिता रहेको उक्त रक्तदान कार्यक्रमको दौरान नेपालमै सबभन्दा बढी पटक रक्तदान गरेका वरिष्ठ समाजसेवीलाई सम्मान समेत गरिएको हो । 

 नेपाल स्वयँमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यलाई क्लबले सम्मान गरेको हो । 

 


अहिले सम्म १ सय ५४ औँ पटक रक्तदान गरेर नेपालमै प्रथम स्थानमा रेकर्ड बनाएका कर्माचार्यलाई क्लब र एस आर कन्सल्टेन्सी मिलेर सम्मान गरेको हो । 


कार्यक्रमको दौरान ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अरुण कुसवाहालाई समेत सम्मान गरिएको हो । अघि पनि त्यस प्रहरी कार्यालयमा आईसकेका कुसवाहा पुनः त्यही चौकीमा आगमन भएको भन्दै उनका बिगतका कार्यलाई सम्झिदै आगामी दिनहरुमा  महेन्द्रनगर इलाकालाई शान्ती सुरक्षाको प्रत्याभूति दिने विश्वास सहित सम्मान गरिएको हो । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कर्जन्हाका तत्कालिन मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, तत्कालिन हाकिम र लेखापाल निलम्बन

  • २०७५ असार २३ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८र७९ मा नगरपालिकाको प्रशासनिक

पूरा पढ्नुहोस्

Bureau Menus

} }