• २०७५ असोज ९ गते, मंगलबार
०७:०२ pm

प्रहरीद्वारा अवैध घरेलु मदिराको ४ भट्टी १ बजार नष्ट   


वावु प्रेम यदुवंशी |
 महोत्तरी, २२ असार ।
ईलाका प्रहरी कार्यलय गौशाला र औरही चोकी ले अबैध मदिरा बनाउने र बेच्ने ४ भट्टी १ बजार नष्ट गरिएको छ ।


गौशाला र औरही का विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिरहेको अवैध मदिराका भट्टीहरुबाट करिब ४०० सय लीटर तयारी र २०० लिटर कच्चा मदिरा बरामद नष्ट गरिएको छ ।


ईलाका प्रहरी कार्यालय का ईनश्पेकटर भोला भट्ट ले बिभिन्न स्थानमा खटाईएको प्रहरीको टोलीले औरही नगरपालिका १ स्थित औरही बजार ,रामनगर, रजखोर, अन्तर्गत संचालित रहेका ३ स्थानमा अबैध मदिरा उत्पादन गर्ने भट्टी कारखाना र औरही बजार मा बेच्न लियर आको मदिरा औरही ईलाका प्रहरी का इन्चार्ज रबिन्द्र मिश्र को नेतृत्व मा शुक्रबार बजार बाट ७०० लिटर मदिरा नष्ट गरेका छन् ।


बरामद गरेको अवैध मदिरा स्थानिय बासिन्दाहरुको रोहबरमा नष्ट गरेको थियो ।


गौशाला र औरही का कारखानामा मदिरा उत्पादन गर्न प्रयेग हुने मेसिन, आल्मुनियमको ठुलो र सानो भाँडा र ग्यास चुल्हो समेत जफ्द गरी थप अनुसन्धान कार्य भईरहेको ईप्रका प्रहरी कार्यालय गौशाला का ईन्चार्ज भोला भट्ट र ईलाका प्रहरी कार्यालय औरहीका ईन्चार्ज रबिन्द्र मिश्र ले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस