नयुक्ति खारेजी अधिनायकवादको अर्को प्रमाण : निधि

२०७५ असार २२ शुक्रबार
बिहान ११:२६ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २२ असार ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अलोकतान्त्रिक र अधिनायकवादी व्यवहार देखाएको आरोप लगाएका छन् । भनेर आजको न्यूजपेपर दैनिकमा समाचार छापिएको छ । 


कांग्रेस धनुषा–३ ले बिहीबार जनकपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै निधिले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय बदर गर्नु बदला र प्रतिशोध मात्र रहेको टिप्पणी गरे । 

‘सरकारले लोकतान्त्रिक मर्यादाविपरित निर्णय गरेको छ,’ निधिले भने, ‘यो अधिनायकवादको अर्को प्रमाणको रूपमा जनतासामु आएको छ ।’ सरकारले एकपछि अर्को नियुक्ति खारेजी अधिनायकवादको अर्को प्रमाण ः निधि सर्वसत्तावादी काम गरिरहेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री निधिले सरकारले व्यवहार सुधार नगरे सडक र संसद्बाट संघर्ष गर्न बाध्य हुने बताए । 


निधिले भने, ‘अधिनायकवाद धेरै चल्न सक्दैन, जनता प्रतिवादमा आउने छन्।’ वर्तमान सरकारको अधिनायकवादविरुद्ध संघर्षका लागि तयार रहन उनले कार्यकर्ताहरूलाई आव्हान समेत गरे । 


विरोध गर्ने स्थानहरूलाई निषेधित क्षेत्र तोक्नु, अनशनको माध्यमबाट विरोध गर्न नदिनु र गंगामाया अधिकारीको मागबारे कुनै वास्ता नगर्नु सरकारको अलोकतान्त्रिक र अमानवीय व्यवहार रहेको निधिले बताए ।


संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था रहे पनि सरकारले त्यसो गर्न नचाहेको उल्लेख गरे । आजको न्यूजपेपर दैनिकमा समाचार छापिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७५ असार २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus