जग्गा र फोहोर व्यवस्थापन नहुँदा फलफूलमण्डी दुर्गन्धित, नगर किन मौन ?

२०७५ असार २२ शुक्रबार
बिहान १०:५८ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २२ असार ।
फलफुल व्यवसायी कृष्ण जयसवाललाई अचेल फलफुल पसल चलाउन एकदमै कठिन भइरहेको छ । आजको न्यूजपेपर दैनिक पत्रिकामा नेहा झाले समाचार लेखेकि छन् ।


जनकपुरधामको जिरोमाइल वडा नम्बर ७ स्थित फलफुल बजारमा उनी थोक विक्रेताका रुपमा व्यवसाय गर्दै आएका छन् तर गर्मी र वर्षाको मौसम सुरु हुनेबित्तिकै उनलाई व्यवसाय चलाउन नाक र मुख नछोपी हुँदैन । 


व्यवसायी जयसवाल भन्छन, ‘जाडोको मौसममा फोहोर फ्याक्ने समस्या हुने गर्छ तर गर्मी र वर्षाको मौसममा फलफूल अधिक मात्रामा कुहिने भएकाले फोहोरका साथ साथै मास्क नलगाई व्यवसाय चलाउन नै कठिन हुने गरेको छ ।


 उनी भन्छन, ‘तराई मधेशको नमूना बजारकै रुपमा रहेको फलफुल मण्डीमा करौडोको कारोबार हुने गरेको छ तर सरोकारवालाको उपेक्षाका कारण आम्दानीसँगै फोहोर र दुर्गन्ध समेत बढ्दै गएको छ ।’ 

 

दैनिक सयौंको संख्यामा आँप, केरा, स्याउ, अंगुरलगायतका फलफूल किन्न खुद्रा व्यापारीहरुका साथै उपभोक्तासमेत यहाँ पुग्ने गर्दछन्। तर कुहिएका फलफूल र जताजतै फ्याकिएका फोहोरले गर्दा उनीहरु सामान लिने बित्तिकै आफूलाई एकछिन पनि नरोकी मुख खुम्च्याउँदै निस्कने गर्दछन् । 

 


अन्य ठाउँभन्दा फलफूल बजारमा सस्तो मुल्यमै पाए पनि अव्यवस्थित फोहोर र कुहिएका फलफुलका कारण महँगो परे पनि बाहिरै फलफुल किन्ने गरेको जनकपुरधाम २३ की श्यामा झा बताउँछिन् । उनी भन्छिन, ‘सस्तो पाउने भए पनि त्यहाँबाट निस्किएपछि आफू नै अस्वस्थ्य भएझैँ लाग्दछ जसकारण म प्रायः त्यहाँ जान चाहँदिन ।’ 

 


करिब २० वर्षअघि जनकपुरधाममा स्थापना भएको फलफूल मण्डी (बजार) मा कुल २२ वटा स्टल रहेका छन्। जसमा ४० जना व्यवसायीले व्यवसाय गर्दै आएका छन् । काठमाडौं, पोखरा लगायतका स्थानमा सरकारी फलफूल बजार भए पनि जनकपुरमा भने व्यवसायीको आफ्नै पहलमा जग्गा भाडामा लिइ मण्डी चलाउनुपरेको फलफूल तथा तराकारी व्यवसायी संघका महासचिव रविन्द्र साह बताउँछन् । 

 

महासचिव साह भन्छन, ‘जग्गा भाडामा लिएर मण्डी त जसोतसो चलाइरहेका छौँ, तर यहाँको फोहोर व्यवस्थापन नहुँदा एकदमै समस्या हुने गरेको छ, अन्य ठाउँमा रहेको फलफूल मण्डीमा सरकारी लगानीमा फोहोरदेखि सवारी व्यवस्थापनसम्म गरिएको छ तर हाम्रो मण्डीमा भएको फोहोर फ्याक्न नपाएकोले यहीँ थुपार्न बाध्य छौ ।’ 


पटक पटक जनकपुर उप– महानगरपालिकालाई यसबारेमा जानकारी गर्दा समेत चासा दिएको उनले गुनासो गरे। उनले भने, ‘उपमहानगरले आफ्नो अधिकार क्षेत्रमा नपरेको भन्दै फोहोर व्यवस्थापन नगर्ने बताउँदै आएको छ ।’

 

साह भन्छन, ‘बाध्यताले पहिला जनकपुर बसपार्क छेउमा रहेको खाली ठाउँमा फोहोर फ्याक्दैँ आएका थियौ तर अब त्यहाँ पनि ठुल्ठुला भवनहरु बनिसकेका छन् । जसले गर्दा फोहोर र दुर्गन्ध दुबैको सामना गरिरहेका छौँ ।’


 यता जनकपुरधाम उप– महानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रले उप– महानगरको नगरसभा हुनुभन्दा पहिल्यै आफूलाई फलफूल मण्डीमा व्यवसायीले भोगिरहेका पीडाबारे जानकारी नभएकाले फोहोर व्यवस्थापनको लागि बजेट छुट्याउन नसकेको बताइन् । 


उप्रमुख मिश्रले फोहोरको उचित व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट ठूलै समस्या रहेको जनाइन् । उनले विभिन्न स्थानबारे अध्ययन गरेपछि जनकपुुर उप– महानगरपालिकाको वडा नम्बर १८ भोइलमा ल्याण्डफिल्ड साइटका लागि जग्गाको टुंगो लागि सकेकाले चाँडै यो समस्या समाधान हुने आश्वसन दिइन् । न्यूजपेपर दैनिकमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ असार २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }