औरही र गौशाला जोड्ने जंघा पुल क्षतिग्रस्त,आवागमन बन्द, सम्भावित वाढीले  महोत्तरीवासी त्रसित !

२०७५ असार १८ सोमबार
बेलुकी ६:४३ बजे
न्यूज ब्यूरो, डेस्क


वावु प्रेम यदुवन्शी |
महोत्तरी, १८ असार ।
महोत्तरीको दुई मुख्य शहर जोड्ने पुल क्षतिग्रस्त हुदा जनजिवन कष्टकर भएको छ ।


 जिल्लाको औरही नगरपालिका र गौशाला नगरपालिकाको विचमा रहेको जंघा पुलको पुर्वी छेउबाट निरन्तरको वर्षाले माटो कटान गर्न थालेपछि सडक नै अवरुद्ध भएको हो । 


सडकको दुवैतिर निरन्तरको वर्षाले माटो कटान गरेर सडक नै भासिएपछि साईकल र मोटरसाईकल वाहेक अन्य सवारी साधन चल्न नसक्दा समस्या भएको हो ।


गत महिना देखि नै पुल छेउबाट माटो भासिने क्रम जारी रहेपनि औरही नगरपालिका लगायतका सरोकारवाला निकायले मर्मतको लागि ध्यान नदिदा आज सडक नै अवरुद्ध भएको स्थानियहरुको आरोप छ ।

 


यता औरही नगरपालिका पुल मर्मत गरि वाटो सन्चालन गर्न आकस्मिक वैठक वसिरहेको नगर प्रमुख सुनिल कुमार यादवले जनाए । 


उनले आफुहरु पहिले देखि नै पुल मर्मतको लागि प्रयासरत रहेपनि सम्बन्धित ठेकेदारले सो आफ्नो काम नभएको भनेपछि समस्या आएको बताए । उहाले उक्त कुरा लिखित दिन ठेकेदारलाई भनेपनि ठेकेदारले लिखित अझै नदिएको बताए ।

 

यता विगत दुई दिन देखिको निरन्तर वर्षाले औरही नगरपालिकाको भित्री तथा मुख्य सडकहरुमा करिव एकफिट पानी जमेको छ भने रामगोपालपुर,जलेश्वर,सम्सी,वल्वा र मनरा लगायतका पालिकाहरुका अधिकांश आन्तरिक सडकहरु जलमग्न छन ।

 

त्यसतै वर्षाले रातो,विग्ही,अंकुशी लगायत महोत्तरीका मुख्य नदिहरुमा समेत जलस्तर वढ्दै गएपछि वाढीको खतराले स्थानियहरु त्रसित भएका छन । गत वर्ष मात्र वाढीले करोडौको धनमाल क्षति गरेको थियो भने आधा दर्जन भन्दा वढी मानिस वगाएको थियो । अझै चुरेमा समेत निरन्तर वर्षा भईरहेकोले वाढीको खतरा वढाएको छ ।

 


हामी तयारी अवस्थामा छौ :  

नेपाल रेडक्रस सोसाईटी महोत्तरीका अध्यक्ष दिपक मिश्रले आफुहरु वाढीको सम्भावनालाई मध्यनजर गर्दै तयारी अवस्थामा रहेको बताए ।


 उनले  रेडक्रसले आफ्नो उपशाखाहरुमा समेत केहि आवश्यक लाईफ ज्याकेट तथा रेस्क्युका अन्य सामग्रीहरु तथा राहत सामग्री स्टोक गर्ने प्रकृयामा रहेको बताउदै अघिल्लो दश दिन भित्र रवरका नाउ समेत आईपुग्ने आशा व्यक्त गरे । 


उनले हाल जिल्लामै सय परिवारलाई राहत दिन सक्ने स्टोट रहेको थपे ।

 

त्यसतै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले हरेक पुलिस युनिटमा पुग्ने गरि एक देखि तिन थान लाईफ ज्याकेट तथा अन्य रेस्क्यु सामग्रीहरु मंगाईसकेको  बताए । उहाले नदीहरुमा जलस्तर वढ्ीरहेको सुचना आएपनि अहिल्यै नै आत्तिनु पर्ने अवस्था नरहेपनि पुर्व तयारी स्वरुप नेपाल प्रहरी पुर्ण तयारी अवस्थामा रहेको बताए ।

 

यता एकडारा गाउपालिका,मनरा सिस्वा नगरपालिका र सोन्मा गाउपालिकाले केहि रेस्क्युको सामग्रीहरु खरिद गरिसकेको छ भने केहि रकम समेत छुट्याएको । त्यसतै वर्दिवास नगरपालिकाले समेत विपत व्यवस्थापनको  लागि केहि सामग्रहिरु खरिद गरेर राखेको जिल्ला समन्वय समितिका संयोजक सुरेश प्रसाद सिंहले जनाए । उनले अन्य पालिकाहरुले समेत विपदकै लागि रकम छुट्याएर राखेको बताए ।

 

 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ असार १८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus