धान दिवसमा पनि महोत्तरीका अधिकांश खेत वाझै

-न्युज ब्युरो, डेस्क

 

रंजन भण्डारी |
महोत्तरी,१५ असार ।
देशै भर हर्षोल्लासका साथ धान दिवस मनाईरहदा महोत्तरीका अधिकांश किसान आकाशे पानी पर्खेर वसेका छन ।

 

एकडारा गाउपालिका वडा नं. ५  वहेराका उत्तिम महतो पानी पर्ने र धान रोप्न पाउने आशमा खेतको आली वनाईरहेको भेटिए । उनी अहिले खेत व्यवस्थित गरेर राख्ने र पानी पर्ना साथ धान रोपिहाल्ने भन्दै चर्को घाममै कोदालो चलाउन व्यस्त देखिए ।

 

 

उनी जस्तै एकडारा वडा नं. ६,औरही,जलेश्वर,मनरा,मटिहानी लगायतका अधिकांश स्थानका किसानहरु मध्ये केहिले दमकल र अन्य माध्यमले पानीको जोहो गरि खेत रोप्दैछन भने केहि अझै आकाशे पानीको आशमै वसेका छन ।

 

जलेश्वर वडा नं. ५ का किसान राम नारायण साह भन्छन आफुसंग थोरै जग्गा भएर अन्यहरुसंग जग्गा  सापटी लिएर धान रोप्न ठिक्क परेको थिए तर वर्षा पनि भईदिएन र पानीको अर्को कुनै श्रोत समेत नभएकोले कसरी खेती गर्ने भनेर बिचल्लीमा परेको छु ।

 

धान रोप्ने समयमा वर्षा नभईदिदा किसानहरु खेतमा समेत जान छोरेका छन । समयमा धानको खेती नभईदिदा पर्याप्त तापक्रमको कमि हुन गई धानको दाना फोस्रो हुने समस्याले किसानहरु पिरोलिएका हुन । वैदेशिक रोजगारीमा जानेमा नेपालकै दोस्रो जिल्ला रहेको महोत्तरी युवा विहिन बन्दै गएको अवस्थामा   जसो तसो खेती गर्ने बृद्धहरु पानीको अभावमा न छोराकै साथ न  खेतीकै आश भन्न थालेका छन ।

 

 

गत आर्थिक वर्षमा ४६ हजार ५०० हेक्टर जग्गामा धान खेती भएकोमा यस पटक मौसमले साथ दिए ४७ हजार हेक्टरसम्म पुग्न सक्ने सम्भावना रहेपनि ३५ देखि ४० प्रतिशत मात्र सिचाईको पहुच भएकोले आकाशे पानीले साथ नदिए गत वर्ष भन्दा पनि कम खेती हुन सक्ने वाली विकास अधिकृत दिनेश प्रसाद यादवले बताए । महोत्तरीमा कुल खेती योग्य जग्गा ६७ हजार हेक्टर छ ।

 

उद्योग,कलकारखाना  न्युन रहेको महोत्तरीका करिब ८६ प्रतिशत जनता खेतिमै निर्भर रहेका छन । महोत्तरीको उत्तरी भेगका ४०३० हेक्टर जग्गामा मात्र सिचाईको व्यवस्था रहेको छ ।

यता धान खेतीको लागि उन्नतजातका विउ विजन वितरण हुनु पर्ने भएपनि अधिकांश पालिकाको केहि वडा वाहेकमा  वगेयाका किसान लक्ष्मी यादवले वताए ।

 

यता जिल्लाकै रामगोपालपुर नगरपालिका तथा अन्य केहि क्षेत्रहरुमा सिचाईको पहुच  भएका स्थानहरुमा भने रोपाई सुरु भएको छ  ।

प्रतिकृया दिनुहोस

साउन चढे पनि अहिलेसम्म मात्र ५० प्रतिशत धान रोपाई !

  बाबु प्रेम यदुवन्शी | महोत्तरी, २ साउन ।  साउन महिनासम्म धान रोपनी सम्पन्न भईसक्नेमा अहिलेसम्म महोत्तरीमा पचास प्रतिशत धान रोपाई मात्र भएको

मटिहानीका किसानलाई तालिमसंगै सामग्री प्रदान

रंजन भण्डारी | महोत्तरी,३२ असार । तरकारी खेतीको लागि उत्तम मानिएको मटिहानीका ६० नागरिक सचेतना केन्द्रका सदस्य तथा घरपरिवारलाई तालिमसंगै खेतीमा

धनुषामा पशु नश्ल सुधार सम्बन्धि जनचेतना गोष्ठी 

न्यूज ब्यूरो | जनकपुरधाम, २६ असार । धनुषामा पशु नश्ल सुधार सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।  धनुषाको धनुषाधााम नगरपालिकाबाट विनियोजित आर्थिक वर्ष

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने