न्यूज ब्यूरोको प्रभाव : खजुरीका ईन्सपेक्टर एक्सनमा, अबैद्य भठ्ठी नास गर्दै सँचालकहरुलाई दबोचे !

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १५ असार ।
गत बुधबार घरेलु मदिरा सेवनका कारण पूर्वी धनुषामा ४ जनाको मृत्यू भएपछि प्रहरी एक्सनमा आएका छन् ।

 

गत मँगलबार राती कमला नगरपालिका वडा नं. ५ लक्कड चोकमा घरेलु मदिरा सेवन गरेपछि बुधबार अपहान्ह ४ जनाको मृत्यू भएको थियो । 

 

घरेलु मदिरा सेवनका कारण नै उनीहरुको मृत्यू भएको तथा प्रहरी चौकीको केही दुरीमै अबैद्य भठ्ठीहरु सँचालनमा रहेको खवर स्थानीय स्तरबाट न्यूज ब्यूरो डिजिटल पत्रिकाले समाचार सम्प्रेषण गरेपछि ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक तथा ईन्चार्ज शेषराज थन्दार एक्सनमा आएका छन् ।

 

एक्सनमा आएका प्रहरी ईन्सपेक्टर थन्दारले अबैद्य मदिरा विक्रि वितरणमा सँलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं. ६ मडान बस्ने बर्ष ३५ का मोहन पासवान, ३० बर्षिय अशेश्वर पासवान, बर्ष ३२ का विजय श्रेष्ठ, कमला नगरपालिका वडा नं. १ बस्ने बर्ष ३७ का राम सुन्दर साह, वडा नं. ९ का जिमदार मण्डल र जनकनन्दनी गाउँपालिका वडा नं. ६ बल्का कठाल बस्ने बर्ष ३६ का बीरेन्द्र साह रहेका छन् ।

 

न्यूज ब्यूरोमा खजुरी लगायत बल्का कठाल सहितको क्षेत्रमा अबैद्य मदिरा भठ्ठी सँचालनमा रहेपनि प्रहरीले कुनै चासो नदेखाएको भनेर समचार आएपछि प्रहरी नीरिक्षक थन्दार एक्सनमा आएका हुन् ।

 

न्यूज ब्यूरोसँग कुरा गर्दै ईन्सपेक्टर थन्दारले भने, "उनी सातै जनालाई अनुसन्धानको लागि पक्राउ गरिएको छ । घरेलु मदिराको कारणले ४ जनाको ज्यान गएपछि पूर्वी धनुषाको विभिन्न गाउँमा सँचालित अबैद्य मदिरा भठ्ठी तथा पसलहरुमा छापामारी सुरु गरेका छौँ । यसमा बीरेन्द्र साह भनेको कठालका हुन, यीनको अबैद्य मदिरा भठ्ठी सँचालनमा थियो, घरेलु मदिरा उत्पादन गरिरहेको थियो । तर यसअघि नै हामीले चुलोसुलो सबै तोडफोड गरिसकेका थियौँ, तर अहिले खोजी खोजी नष्ट पार्ने काम तीव्र रुपमा गरिरहेका छौँ ।"

 

प्रहरीका अनुसार, ४ जनाको बुधबार नै ज्यान गएको छ भने बुधबार अबेर राती थप दुई जनाको ज्यान गएको छ । 

 

ज्यान जानेहरुमा  कमला नगरपालिका– ५ लक्कड बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, वडा नम्बर ६ संग्याही मडानका ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवानको दिउँसो तथा सिंग्याही मडानका गंगा पासवान र राजवीर महतोको राति मृत्यु भएको हो ।

 

उनीहरूसँगै मदिरा सेवन गरेर सिकिस्त भएका तीनजनाको अवस्थामा भने सुधार आएको छ । 

 

जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेका सिंग्याही मडानका विनय ठाकुर, भारत बिहार मोतिहारीका मनोज साह र धनुषा अस्पतालमा उपचार भइरहेका जामुन मण्डलको स्वास्थ्यमा सुधार भइरहेको छ । ठाकुर र साहलाई जनकपुर अञ्चल अस्पतालको आइसियूमा राखिएको छ ।

 

विहिबार समेत प्रदेश सभाको बैठकमा प्रदेशसभा सदस्यहरुले मदिरा प्रकरणको मुद्दा उठाएपछि धनुषा प्रहरीको ध्यानाकर्षण भएको छ । 

प्रदेश सरकारले समेत उक्त घटनालाई प्राथमिकताका साथ लिएका छन् । 

प्रतिकृया दिनुहोस

सामुहिक बलात्कार काण्डका  मुख्य योजनाकार -"नेताका छोरा एवम् होटल दरबारका सँचालक !"

न्यूज ब्यूरो | सिरहा, २ साउन । गत ३१ गते असार राती एक महिलासँग गाडीमै भएको सामुहिक बलात्कार काण्डमा फोरमका नेता एव्म लहान स्थित रहेको दरबार होटलका

जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यू, जलेश्वरमा गर्भवति महिला र वच्चाको मृत्यु !

बाबु प्रेम यदुबँशी | महोत्तरी, ३२ असार ।  जिल्ला अस्पताल जलेश्वरमा सोमवार विहान करिव ३ बजे एक गर्भवती महिला र पेटमा रहेको बच्चाको मृत्यु भएको छ

जब छुवाछुतले आत्महत्या गर्न बाध्य बनायो, तब हारिन जितेकी बुधमाया...

बाबु प्रेम यदुवन्शी | महोत्तरी,२९ असार । गत असार २४ गते महोत्तरी जिल्ला अदालतमा ऐतिहासिक फैसला गरियो ।  जातिय भेदभाव तथा छुवाछुत मुद्दामा जिल्ला

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने