कलिलोमै आमा गुमाएपछि असहाय बने "रञ्जन" , कसले देला साथ ?
न्यूज ब्यूरो | जनकपुरधाम, १४ असार । कलिलो र पढने उमेरमै ३२ बर्षिय आमा गुमाएपछि एक बालक बेसहाय बनेका छन् । जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टी बस्ने चन्द्रशेखर शर्माकी ३२ वर्षिय पत्नी कुमारी अनुपम शर्माको अल्पायूमै मृत्यू भएपछि उनका १३ बर्षिय छोरा रञ्जन शर्मा असहाय बनेका छन् । अनुपमलाई केही वर्

२०७५ असार १४ बिहीबार, बिहान ११:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १४ असार । कलिलो र पढने उमेरमै ३२ बर्षिय आमा गुमाएपछि एक बालक बेसहाय बनेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टी बस्ने चन्द्रशेखर शर्माकी ३२ वर्षिय पत्नी कुमारी अनुपम शर्माको अल्पायूमै मृत्यू भएपछि उनका १३ बर्षिय छोरा रञ्जन शर्मा असहाय बनेका छन् ।
अनुपमलाई केही वर्षदेखि टाउकोको समस्या भएको तथा आर्थिक अभावका कारण उपचार गराउन नसकेर अन्तत उपचारकै क्रममा उनको ३२ वर्षकै उमेरमा निधन भएपछि छोराछोरी अहसाय बनेका छन् ।
विगत १३ वर्षदेखि वैदेशिक रोजागरीकै क्रममा रहदै आएका चन्द्रशेखरले मृत्यू पश्चात मात्र आफ्नी पत्नीको मुख हेर्न पाएपछि बारम्बार मुर्छा परे , बेहोस भए ।
३ सन्तानकी एक्लो मात्र छाया रहेकी अनुपमको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यू भयो ।
ऋण लिएर जेठी छोरीलाई मेडिकल पढाईरहेकी अनुपमको मृत्यू पश्चात् उनका छोरीहरुको सपना भने डगमडोल भएको देखिएको छ ।
काठमान्डौँको केएमसी मा बि.डि.एस. प्रथम वर्षमा अध्ययनरत जेठी छोरी पठनपाठन छाडेर करिब आधि महिनादेखि आमाको काम किरियामा लागेकी छन् ।
अस्पतालमै उपचारको रकम ४ लाख रुपैयाँ बढी भएपछि झन ऋणमा डुबेका चन्द्रशेखर अहिले छोराछोरी सहित तनावमय जीवन विताउन बाध्य भएका छन् भने छोरीलाई डाक्टर बनाउने सपनामाथि शंका गर्न थालेका छन् ।
हाल जनकपुर २ विद्यानगर बस्दै आएका आमाको मृत्यूपछि नै किरियामा बसेका १३ बर्षिय छोरा रञ्जन मृत्यूभएदेखि नै आफू "न्यूरो सर्जन" बन्ने भनेर जिद्द लगाएर बसेका छन् भने खानापिना समेत छाडेका छन् ।
अस्पतालमा आमालाई ब्रेन ह्यामरेज भएको बेला न्यूरो सर्जनको अभावले आमाको मृत्यू भएको भन्दै अरुले पनि यसरी आमा नगुमाओस भन्दै न्यूरो सर्जन बन्ने मनोभाव देखाएका छन् ।
कलिलो उमेरमै आमा गुमाउनुको पीडा बोकेका रञ्जन रातभरि आमा आमा गुहार्दै सुत्न सकेका छैनन् भने आमा आफूसँग कुरा गरेको अनूभूति गर्दै कुनै बेला हाँस्छ र रुन थाल्छन् ।
पत्नीको ब्रेन ह्यामरेज भएर धरानमा उपचारमा रहेको खबर सुने लगत्तै अस्पताल पुगेका चन्द्रशेखर अनुपमको हालात देखेर भित्रै देखि टुटि सकेका थिए भने अहिले छोराछोरीको जिम्मेवारी र आर्थिक अभावले थप भाँचिएको देखिएको छ ।
कत्तारमा हेल्प मधेसी सँस्थाका सक्रिय सदस्य समेत रहेका चन्द्रशेखर सरोकारबाला सँघसँस्था, नागरिक समाज, समाजसेवीहरुसँग सहयोगको लागि गुहार लगाएका छन् ।
रञ्जन अहिले जनकपुरमै सरस्वति नमुना उच्च माविमा कक्षा ९ मा अध्ययनरत छन् ।
आधि टुटिसकेका चन्द्रशेखर परिवारलाई सहयोगी मन र सहयोगी हातहरुले जोड्नुपर्ने आवश्यकता देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…