धनुषा प्रहरीद्धारा भारी मात्रामा अबैद्य चाईनिज स्याउ बरामद, भन्सार बुझाईयो

२०७५ असार १२ मंगलबार
दिउसो १२:०४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १२ असार ।
 धनुषा प्रहरीले भारी मात्रामा अबैद्य स्याउ बरामद गरेको छ । 

 

नेपाल भारत सीमा नाकामा तस्करी बढदै गएको अवस्थामा सक्रिय भएका धनुषा प्रहरीले गस्तीको क्रममा १ सय ५० कार्टुन चाईनिज स्याउ बरामद गरेको हो । 

 


विगत केही दिनदेखि सीमा नाकामा प्रहरीले गस्तीमा कडाई तथा निगरानी बढाएको भन्दै अबैद्य तस्करी न्यून भएको  बताइएको छ । 

 


नेपालबाट भारततर्फ भन्सार छली गरी तस्करीको माध्यमबाट लैजादै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उक्त मात्राको चाईनिज स्याउ बरामद गरेको हो । 

 


धनुषाको नगराईन नगरपालीकाको राघोपुरबाट गएराती  प्याक काटैुन चाईनिज स्याउ बरामद गरेको धनुषा प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले बताए ।  

शाहीका अनुसार, बरामद भएको चाईनिज स्याउलाई भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । 

 

 

यता, भन्सार कार्यालय जनकपुरमा स्याउ कति मोल बराबरको रहेको छ भन्ने बारे सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

 

भारत र चाईनाबीच आर्थिक द्धन्द्ध जारी रहेको छ भने बीचमा रहेको नेपाललाई जरिया बनाएको देखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ असार १२ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus