सिरहामा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास, आरोपित तीन प्रहरी गिरफ्तमा

२०७५ असार ८ शुक्रबार
दिउसो ४:०८ बजे

न्यूज ब्यूरो |

सिरहा, ८ असार । सिरहाको मिर्चैया नगरपालिकामा एकजना उपर खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । सिरहाको मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय युवक धीरज यादवमाथि शुक्रवार राती ५-६ जनाको एक समूहले खुकुरी प्रहार गरी हत्या गर्ने प्रयास गरेको हो ।

 

ती समूहको खुकुरी प्रहारबाट आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरी नीलडाम रहेको प्रहरीले जनाएको छ । 

 

आफ्नै घरमा सुतिरहेको बेला गएराती करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई आक्रमण गरेको घाइतेका परिवारजनले जनाए ।

 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक कुमार खड्काले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७५ असार ८ शुक्रबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus