धनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एक युवक ठहरै

२०७५ असार ७ बिहीबार
बेलुकी ५:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो |
जनकपुरधाम, ७ असार ।
धनुषाको औरही गाउँपालिकामा बिहिबार दिउँसो ११ हजार भोल्टको करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ । धनुषाको औरही गाउँपालिका वडा २ का १८ वर्षीय युवक नहिम साफीको करेन्ट लागेर मृत्यु भएको हो ।

 

औरही गाउँपालिका ३ स्थित सुर्काहा खोलाको पुलबाट फलामको छडले खोलाबाट जलकुम्भी तान्दै गरेको बेला माथि जडान भएको ११ हजार भोल्टको विद्युतको तारमा सर्ट भएर करेन्ट लागेको धनुषा प्रहरीले जानकारी दिए ।

 

साफीको घटना स्थलमै मृत्यु भएको र उनको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus