गुणस्तरीय काम गर्नु नै उपभोक्ता समितीको दायित्व ः अध्यक्ष साह

२०७५ असार ६ बुधबार
बेलुकी ५:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो |

जनकपुरधाम, ६ असार । निर्माण कार्यलाई गुणस्तरीय बनाउनु नै उपभोेक्ता समितीको दायित्व रहेको धनुषाका औरही गाँउपालिकाका अध्यक्ष ब्रह्मदेव साहले बताएका छन् । धनुषाको औरही गाँउपालिका वडा नं. २ स्थित देउरी परबाहामा उपभोक्ता समितीहरुको दुईदिने अभिमुकरण तालिममा उनले सो कुरा बताएका हुन् । 

 

गाँउपालिकाको आर्थिक सहयोग तथा मधेश ग्रामिन विकास परियोजनाको आयोजनामा भएको सो तालिममा ८० भन्दा बढी उपभोक्ता सदस्यहरु सहभागी भएका थिए । 

 

तालिमको समापन सत्रमा अध्यक्ष साहले चालु आर्थिक वर्षका लागि आएको बजेटलाई निर्माण कार्यमा लगाउनु र सो कार्य उपभोक्ता समितीको मार्फत गुनस्तरीय हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले विभिन्न योजनाहरुलाई प्रभावकारी बनाउन उनीहरुको क्षमता अभिवृद्धि गर्न जिम्मेबारी र भूमिका विषयमा तालिम भएको बताएका छन् । 

 

विभिन्न उपभोक्ता समितीका पदाधिकारीहरुलाई जिम्मेबारी र भूमिका विषयमा क्षमता अभिवृद्धि गर्न, गाँउपालिकाको योजना तर्जुमा प्रकृृया, भुक्तानी प्रकृया, योजनामा समाबेशीकरण, सुचनाको हक सार्वजनिक परीक्षण लगायतका विषयमा यो तालिमबाट सबैले जानकारी पाएको उनले बताएका छन् ।

 

परियोजनाका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सो तालिममा गाँउपालिकाका प्रशासकीय अधिकृत सुबोध ठाकुर, वडा अध्यक्ष अमित यादव, मधेश युवा समाजका अध्यक्ष जिबेन्द्र झा लगायतकाले मन्तव्य राखेका थिए ।


उनिहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा पनि लागु गर्नका लागि सबैसँग आग्रह समेत गरेका छन् ।

 

परियोजनाका अध्यक्ष संजय कुमार साहले काम, कर्तव्य र निती सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले दुई दिवसीय तालिम दिइएको बताएका छन् । उनले भने, ‘उपभोक्ता समिती सक्षम भएमा स्वतः गाँउ, नगरको विकास हुन्छ । उपभोक्ता वर्गको निती र अधिकार सम्बन्धी यो तालिमले सिकाउने छ ।’

 

निती नियम पालनका साथै उपभोक्ता समितीले राम्रो कार्य गरेमा नमुना वार्ड र गाँउपालिका समेत बन्ने उनले विश्वास ब्यक्त गरेका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७५ असार ६ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus