महोत्तरीमा वृहत आँखा शिविर तथा जेष्ठ नागरिकलाई अभिनन्दन

२०७५ असार ४ सोमबार
बेलुकी ५:२९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ४ असार ।
 महोत्तरीमा एक कार्यक्रमबीच वृहत आँखा शिविर सहित जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । 

 

महोत्तरकिो महोत्तरी गाउँपालिकामा सम्पन्न उक्त कार्यक्रममा ६ सय बढी आँखा रोगीले निःशुल्क सेवा लिएका हुन् ।

वृहत आँखा जाँच शिविरमा ४ सय ५० जना आँखा रोगीलाई चस्मा समेत वितरण गरिएको जनाइएको छ । 

 

महोत्तरी गाउँपालिकाको मडै स्थित रहेको स्वास्थ्यचौकीमा सम्पन्न उक्त आँखा शिविरमा आँखा सम्बन्धी चेकजाँच गर्दै १ सय ६० जनालाई आवश्यक ड्रप समेत वितरण गरिएको जनाइएको छ । 


महोत्तरी गाउँपालिका र गरिवी न्यूनीकरणको लागि स्वास्थ्य शिक्षा नामक समाजिक सँस्थाकोे आयोजना सुरु भएको तीनदिने कार्यक्रम अन्तर्गत सोमबार दोस्रो दिन सम्पन्न उक्त कार्यक्रममा आँखा सम्बन्धी मोतियाविन्दु जाँच समेत गरिएको हो ।

 

आईतबार गाृउँपालिकाको वडा नं. ५ र ६ स्थित गौरीगामा स्वाथ्यचौकीमा सम्पन्न भएको थियो भने सोमबार वडा नं. ३ र ४ स्थित मडै स्वास्थ्यचौकीमा सम्पन्न भएको हो । यस्तै कार्यक्रम अन्तिम दिन गाउँपालिकाको वडा नं. १ र २ सनोखरामा सम्पन्न गर्ने  गरिवी न्यूनीकरणको लागि स्वास्थ्य शिक्षाका महासचिव राम गोपाल साहले न्यूज ब्यूरोसँग भने । 

 

शिविर डा. दिपक कुमार साहको नेतृत्वमा ८ जना आँखा रोग विशेषज्ञ चिकित्सकहरुको टोलीले वृहत सेवा प्रदान गरेको जनाइएको छ ।  


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ असार ४ सोमबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus