आफ्नै श्रीमतीलाई विष खुवाएर मार्ने बाबु छोरा सहित तीन पक्राउ

२०७५ असार ३ आइतबार
बिहान ०९:५४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३ असार ।
आफ्नै श्रीमतिलाई विष सेवन गराई हत्या गरेको अभियोगमा धनुषा जिल्ला अदालतबाट दोषि ठहर भएका तीन जनालाई धनुषा प्रहरीे पक्राउ गरेको छ । भनेर आजको न्यूजपेपर दैनिकमा समाचार प्रकाशित भएको छ । 

 

हत्याको अभियोगमा अदालतबाट दोषि ठहर भई फरार रहेका अभियुक्तलाई धनुषाले प्रहरीले झण्डै ८ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।


 २०६७ माघ १० गते धनुषाको धनुषाधाम वडा नं. १ बस्ने बविता कुमारी कापरको हत्या अभियोगमा दोषि ठहर भई पविभिन्न स्थानहरुमा लुकीछिपी रहदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।


 पक्राउ पर्नेहरुमा साविकको धनुषाधाम वडा नं. १ बस्ने कारी यादव, सोही स्थान बस्ने हरिदेव यादव र नवल यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सोही घटनामा अदालतले दोषि ठहर गरेका अन्य दुई कुञ्जीलाल यादव र राजकिशोर यादव भने अझै फरार रहेका छन् । 


यसरी भएको थियो घटना मृतक बविता कुमारी कापर र हरिदेव मण्डल बीच प्रेम विवाह भएको थियो ।  


सो विवाहका कारण घरका अन्य व्यक्तिहरु असन्तुष्ट भएपछि घरपरिवारको उक्साहटमा हरिदेव मण्डलका घरका सदस्यहरु कारी यादव, सनत्तरा देवी यादव, कुञ्जिलाल यादव, नवल यादव र राजकिशोर यादवको भनाईमा परि हरिदेवले बवितालाई दिनहुँ पिटपाट तथा गाली गलौज गर्ने गरेको थियो । 


सोही क्रममा २०७६ साल माघ माघ १४ गते श्रीमान सहित घरपरिवारको सहमतिमा विष खुवाई मार्ने सल्लाह बमोजिम मृतक बविताका श्रीमान हरिदेवले विष खुवाई मारेको अदालतको बयान पत्रमा उल्लेख छ । 


मतृकको ससुरा कारी यादवको निर्देशनमा सनेत्तरी यादव र नवल यादवले दुवै हात खुट्टा समाति हरिदेवले गिलासमा राखेर विष खुवाएको अदालतको बयानमा उल्लेख छ भनेर न्यूजपेपर दैनिकले प्राथमिकताका साथ समाचार छापेको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री

  • २०७५ असार ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विहिबार एक समारोहबीच नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाइएको हो ।  मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका

पूरा पढ्नुहोस्

Bureau Menus