"उपेन्द्र यादवलाई हैसियतमा रहन चेतावनी"

२०७५ असार ३ आइतबार
बिहान ०९:३६ बजे
न्यूज ब्यूरो, डेस्क

 


तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणबाट उदयमान केपी ओली नेत्रित्वको नेकपाको सरकारमा उपेन्द्र यादव नेत्रित्वको संघिय समाजवादी फोरम प्रवेश गरे लगतै मधेशी जनताले संविधान संसोधन हुने आशा राखेका थिए |  तर यादवले मधेशलाई धोखा दिंदै मधेश आन्दोलन र बलिदानीलाई भर्यांङ्को रुपमा मात्र प्रयोग गरेको स्पष्ट देख्न सकिन्छ |

 

हिजो एउटा समाचार पढे जसमा यादवलाई हैसियतमा रहन चेतावनी दिएको देखिन्छ | आफ्नो राष्ट्रियतासंग कुठाराघात गर्ने जो कोहिको पनि यस्तै दुर्दशा हुन्छ भन्ने सुनिश्चित छ |  शासक वर्गले पनि यो कुरा राम्रोसंग बुझ्छ की आफ्नै जनताको हित नसोचने नेता अरुको प्रति इमान्दार हुन सक्दैन | त्यसकारण यिनिहरुलाई काम निकालने मेसिन जस्तो उपयोग गर्नु पर्छ |

 

नेकपाको समर्थन प्राप्त गरी राजपा नेपाललाई पाखा लगाई आफ्नो प्रभुत्व जमाउन यस्तो निन्दनिय कार्य गरेको भन्ने पनि सुनिन्छ | भारतीय प्रधानमंत्री नरेन्द्र मोदी को स्वागत मन्तव्यदेखि मो। लालबाबु राउतको लोकप्रियता बढे लगतै आफ्नो साख गुम्ने भयले यादवले सताएको अनुमान पनि लगाउन सकिन्छ |

 

 प्रदेश नं दुईमा राउतको लोकप्रियता अझै बढे उहाँ नै नेताको रुपमा स्थापित हुने र आफुलाई प्रतिस्थापन गर्ने संकुचित सोंचका कारण मधेशलाई धोखा दिंदै नेकपा नेत्रित्वको सरकारमा सहभागी भई नेकपाकै नेत्रित्वमा प्रदेश नं दुईमा पनि सरकार बनाउने निर्णयमा यादव पुगेको आँकलन पनि गर्न सकिन्छ |

 

यदि यो सबै सत्य हो भने मधेशी युवाको तर्फबाट यादवलाई चेतावनी छ की यादव जस्तो हजारौं युवा मधेशमा छन् |  एक दुईजना मंत्री बन्दै धोखा दिएमा मधेशले गुमाउनु पर्ने केहि पनि छैन | मधेशको मुद्दा मधेशी जनतामा निहित छ |  

 

आफ्नो हैसियतमा रहि मधेशको ठेकेदारको रुपमा आफुलाई यादवले देखाउनु पर्ने कुनै आवश्यकता छैन | यही रबैया रहे मोरंग र सुन्सरीबाट लखेटिए जस्तै मधेशबाट लखेटिन बेर लाग्दैन 

 

विजयकांत यादव  

औरहि, सिरहा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ असार ३ आइतबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus