जनकपुरबाट विहान विहान दुःखद खवर : एम्बुलेन्स दुर्घटनामा परी एक युवकको ज्यान गयो 

एम्बुलेन्स तीव्र गतिका कारण अनियन्त्रीत भई पूलमा ठोक्दा दुर्घटनाग्रस्त

२०७५ असार २ शनिबार
बिहान ०६:१५ बजे
न्यूज ब्यूरो, डेस्क


विनय कुमार यादव |
जनकपुरधाम, २ असार ।
धनुषाको ढल्केवर स्थित विरामी बोक्ने एम्बुलेन्स दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । 

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केबर भन्दा करिब ५०० मिटर पूर्व रहेको बसही पूलमा ज १ च १२०५ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण अनियन्त्रीत भई पूलमा ठोक्दा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यू भएको ढल्केवर प्रहरीले जनाएको छ । 

 

 

दनुवार जागरण सेवा समितिद्धारा सँचालित त्यो एम्बुलेन्स विहान करिब ४ः३० बजे दुर्घटना हुँदा धनुषा शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखर बस्ने जीतनारायण राईका अन्दाजी बर्ष २४ का छोरा सँतोष राईको गम्भिर चोटका कारण ज्यान गएको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी नीरिक्षक माधव प्रसाद काफ्लेले जनाएको छ ।  

 

पूलबाट एम्बुलेन्सलाई निकाल्ने कार्य भईरहेको छ भने दुर्घटनामा मृत्यू भएका राईको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 

 

दुर्घटना भएको एम्बुलेन्स धनुषाधाम नगरपालिकाबाट सँचालित रहेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus