मिर्चैयामा मेसिनमा किचिएर एक कामदारको ज्यान गयो 

२०७५ असार १ शुक्रबार
बेलुकी ७:५५ बजे

न्यूज ब्यूरो |

सिरहा, १ असार । सिरहामा एक उद्योगको मेसिनमा किचिएर एकजना कामदारको घटनास्थलमै मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका ५ साँझा चोकस्थित रहेको श्री बजरंग चिप्स उद्योगमा चिप्स बनाउने मेसिनमा किचिएर आज (शुक्रबार) एक कामदारको घटनास्थलमै ज्यान गएको हो ।

 

उद्योगका कामदार स्थानीय ६० वर्षीय लक्षमण साफीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दिउँसो करिब ४:३० बजे उद्योगको मेसिन चलाउने क्रममा मेसिनमै किचिएर मृत्यु भएको प्रहरीले जानकारी दिए ।

 

मृतक साफीको शव पोस्टमार्टमको लागि लहान अस्पताल लगिएको ईप्रका मिर्चैयाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ असार १ शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }