"आन्दोलनमा राजपा युवा सँगठनको विज्ञप्तिको विरोध गर्छु" : राजपा युवा नेता झा

२०७५ असार १ शुक्रबार
बिहान ०९:५० बजे


न्यूज ब्यूरो |
जनकपुरधाम, १ असार ।
जनकपुरमा अहिले जारी युवाहरुको आन्दोलनमा राजपा युवा संगठनले जारी गरेको प्रेस विज्ञप्तिप्रति राजपाकै युवा नेताले विरोध जनाएका छन् ।

 

राष्ट्रिय जनता पार्टी (राजपा)का युवा नेता प्रशान्त झाले पार्टीको युवा सँगठनले विहिबार साँझ जारी गरेको प्रेस विज्ञप्ति खेदपूर्ण र आन्दोलन तुहाउने खाले भएको आरोप लगाएका छन् ।

 

जनकपुर अञ्चल अस्पताल सुधारको लागि जनकपुरका युवाहरुले थालेको नैतिक आन्दोलनमा राजनैतिक हैसियतले विरोध जनाउनु दुःखद र खेदपूर्ण भएको भन्दै विरोध गरेका हुन् ।

 

युवाहरुले राजनीतिक दलभन्दा माथि उठेर सार्वजनिक हितको लागि थालेको आन्दोलनमा सबैले साथ दिनुपर्नेमा राजपा युवा सँगठनले कसैलाई कुनै प्रकारको जानकारी नै नगराई दुई जना मिलि आफूखुसी प्रेस विज्ञप्ति जारी गरेको भन्दै विरोध जनाएका हुन् ।

 

विगतमा पनि अञ्चल अस्पताल सुधारको निम्ति र अन्य सार्वजनिक हितको लागि यस्ता आन्दोलनहरु गर्दै आएका छौँ । त्यस बखत पनि हामी एक ढिक्का भएर आन्दोलन गरेका हौँ र आँशिक उपलपब्धी पनि हाँसिल गरेकै हौ , यसलाई हामीले राजनीतिक नाम दिएनौँ । कारण सार्वजनिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन । तर राजपा युवा सँगठनले जारी गरेको प्रेस वक्तत्व नैतिक र आन्दोलन विपरित हो । उनले न्यूज ब्यूरोसँग भने । 

 

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादव यो प्रकरणमा दोषी देखिएको भन्दै अस्पतालको सेवा सुविधा र सँचालन प्रणाली सुधारको लागि पहिले पनि बारम्बार ध्यानाकर्षण गराएको बताए । 

 

उनले भने , अव्यव्हारिक सोच राख्ने महोदयलाई भन्न चाहन्छु, मैले यो विरोध आफ्नो व्यक्तिगत र पार्टी र स्वार्थको लागि होईन,  दिनहु मान्छेको ज्यान संग खेलिरहने र विरामीलाई पशु भन्दा समेत नीच व्यवहार गर्ने अस्पताल विरुद्द हो । आज अस्पताल सुधारको लागि जनकपुरका सम्पूर्ण युवाहरु एक भएका छन् यसपालिको लडाई आरपारको लडाई हो । 

 

युवा नेता झाले नैतिक आन्दोलन र सच्चाईको लडाई तथा परिवर्तनको आन्दोलनमा आफ्नो लागि पार्टी कुनै महत्व नराखेको बताए । 

 

सधैँ परिवर्तनको आन्दोलनमा जनकपुरका युवाहरुसँग आफ्नो सहकार्य र पूर्णत साथ रहने प्रतिबद्धता जाहेर गरे । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ असार १ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus