प्रदेश २ लाई प्राबिधिक शिक्षाको हब बनाउने तयारी हुँदैछ : मन्त्रि सोनल 

२०७५ जेठ ३१ बिहीबार
रति ८:१५ बजे

न्यूज ब्यूरो | 
सिरहा, ३१ जेठ ।
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ लाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने प्रदेश सरकारको योजना रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आज (बिहिबार) सिरहाको मिर्चैयामा सम्बोधन गर्दै उनले प्रदेश २ लाई प्राबिधिक शिक्षाको हब बनाउन प्रदेशका बिभिन्न स्थानमा प्राबिधिक शिक्षालयहरुको छिटै स्थापनाको तयारी भईरहेको उनले बताए । 

 

त्यस्तै, चुरे क्षेत्रबाट ५० मेगावाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मन्त्री सोनलले त्यसका लागि चुरे क्षेत्रमा छिटै बैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन गरिने समेत बताए ।

 

बजेट बिनियोजनमा केन्द्र सरकारले २ नम्बर प्रदेशसँग बिभेद गरेको आरोप समेत मन्त्रि सोनलले आरोप लगाए । संघिय सरकार अन्य प्रदेशको तुलानामा २ नम्बर प्रदेशलाई कम बजेट बिनियोजन गरेर नजरअन्दाज गरिरहेको उनले थपे ।

 

प्रदेश सरकारले ४ महिनाको अबधीमा महत्वपुर्ण कार्य गरेको जिकिर गर्दै उनले प्रदेशलाई समृद्ध बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । कार्यक्रममा उपस्थित मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले नगरपालिका अन्तर्गत रहेका सडक, भवन लगायतका बर्तमान समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रि सोनलसँग आग्रह गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ जेठ ३१ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus