नेविसंघले दिए "भोलीदेखि जनकपुर बन्द" को चेतावनी

२०७५ जेठ ३१ बिहीबार
बेलुकी ६:१३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ जेठ ।
 पक्राउ परेका तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम सहित अन्य युवाहरुलाई रिहाई नगरे शुक्रवारदेखि अनिश्चितकाल जनकपुर बन्द गर्ने चेतावनी दिइएको छ । 

 

नेविसंघ जिल्ला कार्य समिति धनुषाले विहिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रवार दिउँसो १२ बजेसम्म आन्दोलन जारी राख्ने तथा शुक्रवार १२ बजेसम्म पक्राउ परेका ५ चैँ जनालाई रिहाई नगरे त्यसै बखतदेखि जनकपुर बन्द गर्ने चेतावनी दिइएको छ । 

 

नेपाल विद्यार्थी संघ धनुषाका अध्यक्ष सुजित मिश्र र तरुण दल धनुषाका अध्यक्ष सँजय लाल कर्णद्धारा जारी गरिएको सँयुक्त प्रेस विज्ञप्तिमा जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले जनकपुर उपमहानगरपालिका वडा नं. १ पुलचोक बस्ने सोनिया देवी ठाकुरको अकाल मृत्यू भएपछि युवाहरुले ध्यानकर्षण गराउन जाँदा मेसु डा. राम परीक्षण यादवका अँगरक्षकहरुले दुव्र्यहार गरेको दाबी गरिएको छ । 

 

 

आक्रोसमा आएका युवाहरुले डा. यादव उपर कालोमोसो दलेपछि उग्र बनेको अवस्था अझै शान्त हुन सकेको छैन । धनुषा प्रहरीले राकेश विक्रम लगायत अखिल मनिकर्मी, रमेश यादव, अमित पाठक, विजय महता लगायतलाई शिघ्र रिहाईको माग गरेको छ । 

 

शुक्रवार १२ बजेसम्म विना शर्त रिहाई नगरे आन्दोलन चर्काउँदै जनकपुरको कलकारखाना, शैक्षिक सँस्थान, सवारीसाधन सबै ठप्प पार्ने चेतावनी दिएको हो । 

मेसु यादवले 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७५ जेठ ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus