पक्राउ गरिएका युवाहरुको रिहाईको माग गर्दै जिप्रका अगाडी तरुण दल र नेविसँघको धर्ना 

२०७५ जेठ ३१ बिहीबार
दिउसो १:४१ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ जेठ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको ५ जना युवाहरुको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना बसिएको छ । 

 

तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह सहित अमित पाठक, विजय मेहता, रमेश यादव र अखिल मणिक सहितका ५ जनालाई पक्राउ गरेको हो । 

 

उनीहरुलाई विना शर्त रिहाईको माग गर्दै नेपाली काँग्रेसका विद्यार्थी भातृ सँगठन नेपाल विद्यार्थी सँघ र तरुण दल धनुषाले जिप्रका धनुषा अगाडी विरोध जनाउँदै धर्नामा बसेका हुन् ।

धर्ना उनीहरुले दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना बस्ने नेविसँघ धनुषाका उपसभापति रवि शर्माले जनाए । 

 

नेविसँघ धनुषाका अध्यक्ष सुजित कुमार मिश्रको नेतृत्वमा दुई दर्जन बढी युवाहरुले धर्नामा बसेका हुन् ।

जनकपुर अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादव उपर उनीहरुले कालोमोसो दलेको भन्दै प्रहरीले पक्राउ गरेका हुन् ।

 

उनीहरुलाई पक्राउ गरे लगत्तै जनकपुरका युवाहरु आन्दोलित भएका छन् भने चिकित्सकको लापरवाहीले सुत्केररिको ज्यान गएपछि अस्पतालको प्रणाली सुधार नगरेसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ जेठ ३१ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus