क्षीरेश्वनाथ नगरपालिकाको  नीति तथा कार्यक्रम पेश असार १० गते हुने 

२०७५ जेठ ३१ बिहीबार
बिहान ०७:३२ बजे
न्यूज ब्यूरो, डेस्क
आर्थिक वर्ष २०७४ ७५ मा योजना छनौटको केही दृश्य | फाईल तस्विर सौजन्य : नगरपालिकाको वेभसाईटबाट


विनय कुमार यादव  |
जनकपुरधाम, ३१ जेठ ।  
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका कार्यालयले नगर भित्रको विभिन्न गतिविधिहरुबारे तालिका सार्वजनिक गरेका हुन् ।

 

चालु आर्थिक वर्षमा विकासको विभिन्न गतिविधिलाई मध्यनजर गर्दै नगरपालिका कार्यालयले नगर भित्रका विभिन्न वडाहरुमा विकास निर्माण सम्बन्धी बोलाइने बैठक तथा योजना तर्जुमाको लागि तिथि मिति तय गरेको हो ।

 

यस आर्थिक वर्षको लागि नगर भित्रको गतिविधिलाई तालिकीकरण गर्दै असार १० गतेदेखि नगर सभाको बैठक बोलाउने निर्णय समेत गरिएको हो । 

 

नगरसभा सम्पन्न गर्ने सन्दर्भमा बार्षिक बजेट तथा नगर विकास योजनाका चरणहरु बारे प्रष्ट पार्दै नगरपालिकाको कार्यालयले वडाको बजेट तथा योजना निर्माण सम्बन्धी कार्य गर्ने कार्यतालिका अनुसार नै सम्पन्न गरी आगामी असार ३ भित्र नै नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्ने सुचना जारी गरिएको हो ।

 


नगरपालिकाको कार्यालयले नगर भित्रको गतिविधि सम्बन्धमा जारी गरेको कार्यतालिका अनुसार संघ र प्रदेशबाट वित्तिय हस्तान्तरणको खाका र मार्गदर्शन प्राप्ति (बजेट सीमा) सँघबाट प्राप्त भएको र प्रदेशबाट प्राप्त हुन बाँकी रहेको जनाइएको छ । 

 

नगरपालिका भित्र हुने यी कार्यक्रमहरुमा स्रोत अनुमान र कूल बजेट सीमा निर्धारण गत जेठ २० गते नै सम्पन्न गरिसकेको छ । भने बस्ती टोल स्तरबाट योजना छनौटको कार्य भने गत २१ गतेदेखि २८ गतेसम्म भ्याईसकेका हुन् ।

 

वडा स्तरीय योजना प्राथमिकीकरण जेठ ३० गतेदेखि असार २ गतेसम्म सम्बन्धित वडा कार्यालय मार्फत गरिने उल्लेख गरिएको छ । 

 

नगरपालिकाले जारी गरेको नगर गतिविधि तालिकामा एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा भने असार १ गतेदेखि ३ गतेसम्म नगरपालिकाको कार्यालयमा गरिने जनाइएको छ । 

 


नगर कार्यपालिकाको बैठकमा बजेट तथा कार्यक्रम बारेमा छलफल र स्वीकृतीको कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्म नगरपालिकाको कार्यालय मार्फत गरिने जनाइएको छ । 

यस्तै, नगर सभामा बजेट, नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम भने असार १०  गते नगर सभा हलमा गरिने जानकारी गराइएको छ । 

 

चालु आर्थिक वर्ष समाप्त हुन लाग्दा नगरपालिका कार्यालयले विकास निर्माणका कार्यहरुलाई तीव्रता दिएको छ भने आगामी आर्थिक वर्षको लागि योजना छनौट र तर्जुमा पनि समयमै सम्पन्न गरेका हुन ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }