• २०७५ पौष ४ गते, बुधबार
०२:१० pm

जनकपुरको रामानन्दचोकबाट नेविसँघ रबि शर्मा सहित ५ युवालाई प्रहरीले गरे गिरफ्तार


न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ ।
जनकपुरको रामानन्दचोकबाट पुनः ५ जना युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

 

जनकपुर अञ्चल अस्पताल मेसु काण्डमा पक्राउ परेका जनकपुरका युवाहरुलाई शिघ्र रिहाईको माग गर्दै चक्काजाम गर्न प्रदर्शन गरिहेका बेला नेविसँघ जनकपुर नगर कमिटीका उपसभापति  रवि कुमार शर्मा सहित आदित्य नेपाल, भरत साह, बीरेन्द्र कुमार साह र बलराम प्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । 

 

गत २७ गते जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक सुत्केरीको ज्यान गएपछि युवाहरुले विरोध गरेपछि जनकपुर आज दिनभरी तनावग्रस्त बनेको छ । 

 

अस्पतालका मेसु डा. रामपरिक्षण यादव उपर केही युवाहरुले कालोमोसो छर्केपछि प्रहरीले नेपाली काँग्रेसका भातृसँगठन तरुण दलका धनुषा उपाध्यक्ष राकेश विक्रम सहित अन्य ५ जनलाई पक्राउ गरेपछि विरोध गर्दै प्रर्दशनमा उत्रेका युवाहरुलाई प्रहरीले थडपकड गरेका छन् ।

 

यसअघि दिउँसो करिब १२ बजे विभिन्न चोकबाट धर्मेन्द्र साह, नविन यादव, प्रशान्त झा, पँकज साह, पँकज महतो, सुजित झा लगायतका युवाहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने अहिले साँझ करिब ६ बजे शर्मा लगायतका ५ जना युवालाई पक्राउ गरिएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस