धनुषाको परसाहीमा महरा परिवार उपर चरम दमन, गाउँबाट भगाउन खोज्दै खुलासा !

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ ।
धनुषा जिल्लाको परसाहीमा दलित महरा परिवार उपर चरम दमन गरिरहेको तथ्य बाहिर आएको छ । 

 

धनुषाको सबैला नगरपालिका वडा नं. १३ परसाही चोकमै रहेको स्थानीय लक्ष्मी महराको शखा सन्तानहरु विगत ५० बर्षदेखि भोगचलन गर्दै आईरहेका जमिनलाई दमन गर्दै केही स्थानीयहरुले चरम यातना दिएको तथ्य बाहिर आएको हो । 


स्थानीय सुवदार यादवको छोरा लक्षण यादव सहित केही युवाहरू लगार्इ लक्षमी महराकी बुहारी पुनम देवी महरालाई कुटपिट गरि घर तोडफोड सहित गाउँबाट भगाउन खोजेको खुलासा भएको छ ।


त्यसकै विरोधमा  परसाही चोकमा आयोजना गरिएको खवरदारी सभामा महरा परिवारले आफ्नो दुखेसो पोखेपछि तथ्य बाहिरिएको हो । 

 

सदियौ देखि बस्दै आएका महराले लक्षमी यादवसंग दुई हजार रूपियामा किनेको थियो । आजको अवस्थामा परसाही चोक भइ बजार लाग्ने गरेको जग्गा मूल्य बृद्वि भएकोले सुवदार यादवको छोराहरू लोभ मोह लागि महरा समुदायका परिवारलाइ घरबार तोडफोड गाउँबाट भगाउन खोजेको तथ्य बाहिरिएको हो ।


५० वर्ष पहिले किनेको जग्गा सुवदारले रजिष्टेशन पास नगरि उजार गर्न खोजेको बताइएको छ ।  यादव परिवारले ती जमिनमा आफ्नो रजिष्ट्रेशन रहेको दाबी गर्दै आएको छ । 

 

 संयुक्त दलित मोर्चा नेपालको आयोजनामा खवरदारी सम्पन्न भएको खवरदारी सभाबाट उक्त कुराहरु बाहिर आएको हो । 


सोभित पासवानको अध्यक्षता तथा दलित अधिकार परिषदको प्रदेश २ को संयोजक चन्देश्वर सदाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त खवरदारी कार्यक्रमबाट दमनको घटना बाहिरिएको हो ।

 

कार्यक्रम मा चन्देश्वर दास, शिवकुमार महरा , महरा, शत्रुधन महरा , मानवअधिकार कर्मी विनोद महरा, दायाराम यादव, विसुनदेव यादव, श्रीनारायण कुवर, माआ्ेवादी नेता सोभित यादव लगायतका वक्ताहरूले महरा रामेश्वरपरिवारलाइ समाजिक न्याय दिनु पर्ने बताएका छन ।


महरालाइ ती जगगा आफुलाई जग्गा धनी भनिएका सुवदार र नीजका छोराहरूले रजिस्ट्रेशन पास गरिनु पर्छ । यदि गरिएन भने दलित हरू न्यायको चरणवद्व रूपमा आन्दोलन गर्ने घोषणा गरेको छ । कार्यक्रममा भनिएको छ । 

 

महरा परिवारलाई यातना तथा दमन बारे यादव परिवारबाट कुनै अधिकारीक धारणा भने आएको छैन । 

प्रतिकृया दिनुहोस

विद्युत प्राधिकरणको लापरवाही, बाटो नै अवरुद्ध हुनेगरी ट्रान्सफरर्मर जडान

न्यूज ब्यूरो | सिरहा, ०५ असार । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित नहर बाटोमा पर्नेगरि जडान गरिएको ट्रान्सफरर्मर पोलले आबतजाबतमा समस्या

आफ्नै श्रीमतीलाई विष खुवाएर मार्ने बाबु छोरा सहित तीन पक्राउ

न्यूज ब्यूरो | जनकपुरधाम, ३ असार । आफ्नै श्रीमतिलाई विष सेवन गराई हत्या गरेको अभियोगमा धनुषा जिल्ला अदालतबाट दोषि ठहर भएका तीन जनालाई धनुषा प्रहरीे

सिरहाः पर्यटकीय आकर्षणको केन्द्र बन्दै "बाबाताल" (फोटो फिचर)

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २८ जेठ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post