जनकपुरमा प्रहरी र युवाबीच घम्साघम्सी, दर्जन बढी पक्राउ !

२०७५ जेठ ३० बुधबार
बिहान ११:५४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३० जेठ ।
जनकपुरमा प्रहरी र युवाबीच समान्य झडप भएको छ । 

 

झडपको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले केही युवाहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

 

जनकपुर अञ्चल अस्पताल मेसु काण्ड उग्र हुँदै गएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादव उपर मसी छकेको विषयलाई लिएर नेपाली काँग्रेसका भातृ सँगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह सहित अन्य ५ जनालाई पक्राउ गरेपछि माहौल तातिएको हो । 

 

 

 

पक्राउ परेका राकेश विक्रम साह सहित अन्य ५ जनालाई रिहाईको माग गर्दै युवाहरुले विहानैदेखि जनकपुरको जनकचोकमा प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका छन् ।

 

नारावाजी र विरोध स्वरुप प्रर्दशन गर्दै गर्दा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि समान्य झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

 

झडपको क्रममा प्रहरी नियन्त्रणमा लिएका युवाहरुको नाम भने खुलाइएको छैन भने यस घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ जेठ ३० बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus

} }