• २०७५ पौष ४ गते, बुधबार
१२:५२ pm

दुवै कीडनी खराब भएका रायको ४ बर्षिय छोरा भन्छन् - "ठुलो भएपछि म उपचार गराउँछु" 


न्यूज ब्यूरो |
जनकपुरधाम, २९ जेठ ।
 बुवा चिन्ता नलिनुस ठुलो भएपछि म उपचार गराउँछु – यो कथन एउटा ४ वर्षिय नाबालकको हो, जसका बुवा लामो समय देखि दुबै मृगौलाको समस्याले छटपटाईरहेका छन् ।


रौतहटको गौर नगरपालिका वडा नंं ४ का सुरेन्द्र राय चनौको दुबै मृगौला खराब भएपछि पिडितको एक्लो नाबालक छोरा बुवालाई सम्झाई बुझाई राखेता पनि समस्या भने टर्न सकेको छैन् । 


बुवाको उपचार पैसाको अभावले नभएको आभास भएता पनि कसलाई भन्ने ? के गर्ने ? अबोध बालकलाई थाहा नभएपछि टोलाएर बस्नुको बिकल्प छैन् ।


लामो समयदेखि मृगौला खराबीको समस्या झेल्दै आएका पिडित चनौ आर्थिक अभावका कारण नै उपचार गराउन पाएका छैन् । 


शुरुमा राम्रो आर्थिक स्थिति भएको परिवार हाल आर्थिक तङ्गीले कष्टदायि जिवन जिउन विवस छन् । 


भए भरको लगभग १० कठ्ठा जमिन बेचेर छोरा सुरेन्द्रको उपचार लगाएता पनि स्वास्थ्यमा सुधार नभएपछि बुवा जोगेन्द्र राय चनौ सरकार र दातृ निकायसँग सहयोग गर्न अपिल गरेका छन् । 

 

"भए भरको जमिन बेच्यौं अब घडेरी मात्र बाँकि छ के गर्ने कसो गर्ने ? अब भगवानकै सहाराले बाचेका छौं" । – जोगेन्द्रले दुखेसो पोखे । 

 

२ छोरा मध्ये कान्छो छोराको दुबै मृगौलामा समस्या भएपछि ४ वर्षिय नाती र बुहारीको दुख देख्न नसकेर ७ कठ्ठा स्थानीय मंगनी पटेल र २ कठ्ठा फगुनी साहको नाममा रजिष्ट्रेशन गराएको तर पनि हालत उस्तै छ । 


अब त खेत पनि गयो उपचार त के एक चाक टार्न पनि समस्या रहेको पिडितका आमाले पिडा व्यक्त गरिन् । 

 

भारत र नेपाल दुबै तर्फ उपचार गराउँदा गराउँदै थाकि सकेको चनौ परिवारले १२ लाख मृगौला प्रत्यारोपण गराउन र प्रत्यारोपण पछि मासिक १५ हजार औषधीको लागि चाहिने मृगौला रोग विशेषज्ञ डा. सुमित अचार्यको भनाईलाई उदृत गर्दै बताए । 


चनौ परिवारले सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहायेग गराईदिन न्यूज ब्यूरोकर्मी एवम् पत्रकार संजय सहनी मार्फत आग्रह गरेका छन् । 


पिडित परिवारले सुरेन्द्रको सनसाईज बैंकको खाता नं. ०४६१०१३४७०६०१२बैंक अफ काठमाण्डौ खाता नं. १८४७००००००३८५२४  मा आर्थिक सहयोग गर्न आग्रह समेत गरेका हुन् ।


पीडीत सम्बन्धी थप जानकारीको  लागि  पत्रकार संजय सहनीसँग मोबाईल नं. ९८५५०४०८७२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 
पत्रकार सहनीले भने गौर टिकुलिया गाउँबाट चन्दा उठाउँदा चाहिका जतिको रकम उठन नसकेकोले मानवताको धर्म नबिर्सेर सहयोग गर्न सबै निकाय समक्ष अपिल गरेका छन् ।

दाताहरुको नाम र रकम सामाजिक संजालमा बैंक स्टेटमेन्टद्वारा सार्वजनिक र पारदर्शिक गरिने प्रतिबद्धता व्यक्त गरे ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस