पिडित र उपेक्षित जनताहरुको अधिकारका लागि राजपामाथि ठूलो जिम्मेवारी : राजेन्द्र महतो

-न्युज ब्युरो, डेस्क

चन्दन रौनियार |
झापा, २९ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले राजपाको काँधमा अहिले ठूलो जिम्मेवारी आएको बताएका छन् ।


सोमबार विर्तामोडस्थित मारवाडी सेवा समितिमा राजपा झापाले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् ।


उनले आफूहरुको आन्दोलनकारी सहयात्री संघीय समाजवादी फोरम नेपाल पनि आफ्ना पूरानै घर कम्युनिष्ट पार्टीमा विलय हुन लागेको समाचारहरु आइरहेकोले शोषित, पीडित र उपेक्षित जनताहरुको अधिकारका लागि राजपामाथि ठूलो जिम्मेवारी आएको धारणा राखेका छन् ।


उनले आफूहरुको मुख्य शत्रु खसवादी पार्टी कांग्रेस र कम्युनिष्ट रहेको जिकिर गर्दै आफ्ना आन्दोलनकारी सहकर्मी पार्टी पनि अब आन्दोलन छोडेर जाँदै गरेको अवस्थामा राजपाले नै त्यो आन्दोलनको अभिभारा बोक्नुपर्ने बताए ।

 

विगतमा मधेशको नाममा ठूलाठूला भाषण गर्ने फोरम लोकतान्त्रिक पनि जहाँबाट आएका थिए त्यहीं गए र फोरम नेपाल पनि आफ्नो मातृ पार्टीमा विलिन हुन लागेको उनले बताए ।

 

मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायत हिमाल पहाडका उत्पीडित समुदायको अधिकारका लागि राजपाले अबको दिनमा आफ्नो सशक्त प्रस्तुती देखाउनुपर्ने आवश्यकता रहेको महतोले जोड दिए ।

 

उनले आफ्ना नेता कार्यकर्ताहरुलाई पार्टीलाई सशक्त र बलियो बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन् ।  अब छिट्टै नै महाधिवेशन गरी पार्टीका संगठनहरुलाई एकत्रित गर्ने उनले बताए ।

 

चुनावका कारण पार्टी गठनको एक वर्षभित्र महाधिवेशन गर्न नसकिएको बताउँदै उनले महाधिवेशनका लागि निर्वाचन आयोगसँग छ महिनाको म्याद लिएर सोही अवधिभित्र महाधिवेशन गरिने जानकारी दिए ।

 

उनले आयोगले असारमसान्तभित्रै महाधिवेशन गर्न दिएको निर्देशन पूरा हुन नसक्ने बताए । संवैधानिक व्यवस्थाअनुसार छ महिनाको म्याद लिएर महाधिवेशन गर्न सकिने महतोले बताए । 


राजपा केन्द्रीय महासचिव राजिव झा, पार्टी प्रव्क्ता सन्तोष महेता ,केन्द्रीय सदस्य अनिल महासेठ, सुर्यनरायण गणेश प्रेस मञ्च केन्द्रीय सदस्य चन्दन रौनियार लगायत झापा पार्टीको उच्च स्तरीय नेताहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

सरकार अलमलमा परेर बजेट निर्माण गरेको छः सांसद यादव

न्यूज ब्यूरो | सिरहा, ३ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद राजकिशोर यादवले सरकार

"जनकपुर अञ्चल अस्पताल घटनाका दोषी जो होस कारवाही हुनुपर्छ" : राजपा युवा नेता सानु 

न्यूज ब्यूरो | जनकपुरधाम, १ असार ।  जनकपुर अञ्चल अस्पतालमा भएको घटनाप्रति राजपाका युवा नेता सुनिल कुमार श्रेष्ठ सानुले मुख खोलेका छन् । अस्पतालका

जनकपुरको यो आन्दोलनलाई राजनीतिकरण नगरौँ : युवा नेता यादव

न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । मधेस क्रान्ती फोरमका धनुषा जिल्ला सँयोजक एवम् युवा नेता नविन यादवले जनकपुरको वर्तमान आन्दोनलाई राजनीतिकरण नगर्न

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post