राजमार्ग दक्षिण "मधेशको लागि अभिशाप"

२०७५ जेठ २९ मंगलबार
बिहान ०६:५८ बजे
न्यूज ब्यूरो, डेस्क


 प्रस्तावित निजगढ अंतरास्ट्रीय बिमानस्थल मधेशको राजमार्ग दक्षिण को छेत्र कसरी आर्थिक ( सामाजिक रूपले सधै पछाडि पारिराख्नुपर्छ भन्ने कुरा शाषकवर्ग लाइ राम्ररी थाहा छ। यसको एक प्रमाण हो : प्रस्तावित निजगढ अंतरास्ट्रीय बिमानस्थल परियोजना। 


कारणः  प्रस्तावित नयाँ बिमानस्थल को केहि किलोमीटर नजिकै पूर्बपश्चिम महेंद्र राजमार्ग को दक्षिणमा रहेको सिमरा बिमानस्थल लाइ स्तरोन्नति गर्नुको साटो, पर्यावरण बिपरीत २४ लाखभन्दा बढी रूख-बिरुवा काटेर, जंगली पशुपन्छिको बासस्थान मासेर राजमार्गको उत्तरतिर प्रस्तावित निजगढ अंतरास्ट्रीय बिमानस्थल को गुरु(योजना बनाउनु।

 

साथै, बिमानस्थल निर्माण सँगै वरपरको बन क्षेत्र फडानी गरी कब्जा गर्दै पहाड़बाट बसाईं सरी आउने हुकुमबासी९कथित सुकुम्बासी० हरु द्वारा नयाँ बस्ती, नयाँ शहर बसाइनेछन, अनि भएको साबिकको सदरमुकाम पनि नयाँ बस्तितिरै सारिनेछन।   


यसरी के बुझ्न सकिन्छ की राज्यको प्राथमिकता भनेको महेंद्र राजमार्ग वरपर उत्तरपट्टि नव(बस्ती बिकास गर्नु हो। ती नयाँ बस्तीद्धारा मधेशको जनसांख्यिकी बनोट प्रभावित पार्नु र मधेशका अधिकारका संघर्षहरुलाई सुनियोजित तवरले निस्तेज पार्दै एवं रितले मधेशको शाशन(प्रशाशनमा आधिपत्य कायम गरिराख्ने नै हो।

 

राज्यको प्राथमिकतामा पाहिले देखि नै मधेश न थियो, न अहिले छ र पछि होला भन्ने आशा पनि छैन। राज्यको लागि मधेश र मधेसी त यो देशका भोटबैंक र राजनीतिक प्रयोगशाला मात्र हो। तिनको नजरमा किन हुनुपर्यो मधेशका समुदाय र समाजको बिकास |

 


सारमा प्रस्तावित योजनाको बारे भन्नुपर्दा, यो गुरुयोजनाको मूल उद्देश्य ( पहाडको मुनि रहेको निजगढ फास्ट्रयाक ( लोकमार्ग बाटो सँगै अंतरष्ट्रीय बिमानस्थल बनाउने, अनि पहाडै(पहाड़ जोड़ने, राजमार्ग दक्षिण मधेश लाइ आर्थिक(सामाजिक रूपले सधै सुक्खा बनाइराख्ने । 


त्यसैले सबै मिली आवाज उठाऊं, राज्यको बदनीयतपूर्ण योजना खारेज गराउँ, प्रस्तावित अंतरास्ट्रीय बिमानस्थल परियोजना लाइ सिमरा बिमानस्थल को स्तरोन्नति सहित गर्न दबाब दिउँ। 

 

विविसी समाचारमा विमानस्थल


विमानस्थल निर्माण हुने बारा जिल्लामा त्यति धेरै बिरुवा लगाउन जग्गा नपुग्ने देखिएकोले अरू जिल्लामा पनि रोप्ने योजना रहेको विमानस्थल आयोजनाका अधिकारीहरू बताउँछन्।

तर कतिपयले यसको कार्यान्वयनमा भने शङ्का गरिरहेका छन्।

 

नियम अनुसार एउटा रूख काटेमा २५ वटा नयाँ रूख रोप्नुपर्ने हुन्छ।

 

मूल्याङ्कन


प्रस्तावित विमानस्थलको सात हजार हेक्टर जमिनमा फैलिएको २४ लाख भन्दा बढी रूख काटिने हुँदा ६ करोडभन्दा बढी नयाँ बिरुवा रोप्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन ९इआइए०को प्रतिवेदनमा उल्लेख छ।

 

इआइएको प्रतिवेदन हालै स्वीकृत भएसँगै रूख काट्ने बाटो खुलेकोले त्योसँगै नयाँ बिरुवा कहाँ कसरी रोप्ने विषयमा छलफल भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
मन्त्रालय अन्तर्गतको वन तथा जलाधार महाशाखाका सहायक वन अधिकृत लोकनाथ घिमिरेले भने, ूबारामा जग्गा उपलब्ध नभए पनि छिमेकी जिल्लाहरू जहाँ वनक्षेत्र कम छ त्यहाँ बिरुवा रोप्नेछौँ। त्यो प्रदेश नं। २ का अधिकांश स्थान अथवा चुरेक्षेत्र हुन सक्छ

 

नयाँ बिरुवा रोप्न ३८ हजार हेक्टर जमिनको आवश्यकता पर्ने बताइएको छ।

साथै ती बिरुवालाई ५ वर्षसम्म स्याहार गर्नुपर्ने समेत गरी झण्डै १४ अर्ब रुपैयाँ लाग्ने इआइएको प्रतिवेदनमा उल्लेख छ।

 

तर सबै काम एकै पटक नहुने भएकोले नयाँ बिरुवा रोप्ने काम पनि क्रमशः गरिँदा समस्या नहुने आयोजनाको जिम्मा पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीले भने, अहिले नै हामीले सबै रुख एकैपटक काट्ने होइन। जति काटिन्छ त्यही अनुसार २५ बिरुवा रोप्दै जाने हो।

 

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार दुई वर्षअघि नेपाली सेनासँग सम्झौता भइसकेकोले नेपाली सेनाले रूख काट्नेछ।

तर बिरुवा रोप्न कठिनाइ भए नियम अनुसारको क्षतिपूर्ति दिनसक्ने प्रावधान रहेको सहायक वन अधिकृत घिमिरेले बताए।

 

नेपालमा यति धेरै परिमाणमा रूख काट्ने र रोप्नुपर्ने अवस्था देखिएको यो पहिलो आयोजना भएकोले यो कार्य चुनौतीपूर्ण हुने बताइएको छ।

नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुन मोडलमा बन्ने र कति लागत लाग्ने भन्ने विषयमा भने अझै टुङ्गो लागिसकेको छैन।


* बिनोद पासवान- लहान,सिरहा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ जेठ २९ मंगलबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus