अत्यधिक गर्मीका कारण महोत्तरीमा दुईको मृत्यू, तीन बेहोस

२०७५ जेठ २८ सोमबार
बेलुकी ६:४५ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो |
महोत्तरी, २८ जेठ ।
महोत्तरीमा अत्यधिक गर्मीका कारण एक नवजात शिशु सहित महिलाको मृत्यू भएको छ । 

 

जिल्लाको गौशाला नगरपालिका वडा नं. ८ बेलगाछी बस्ने  एक ६ महिने शिशु सहित आमाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नं.८  बेलगाछीकी अन्दाजी बर्ष ३५ की शिकिल देवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जनाए ।


मृतकको पाँच छोराछोरी रहेका छन् । कान्छो छोरा ६ महिनाको छन् ।


मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । 


यसका साथै गर्मीले शिकिल देवीकी साँसु ५५ बर्षीय सुनर देवी सदा मुसहर र उनकी छिमेकी २५ बर्षीय किसुन देवी सादा मुसहर बेहोस भएर अस्पताल भर्ना भएको छ ।


गौशाला स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको उनीहरुका स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको उपचारमा संलग्न रहेको डाक्टर मनोज दासले जनाए ।


गर्मिका कारणले उनीहरु बेहोस् भएको डाक्टर दासले जानकारी दिए ।

आमाको मृत्यूपछि उनका बालबच्चाको विच्चली भएको छ । जाडोमा कम्बल सहयोग गर्ने सहयोगी हातहरुको गर्मीमा पनि चिसो हातको आवश्कता देखिएको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ जेठ २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus