४१ डिग्री तापक्रमपछि आज मुसलेधार बर्षा, जनजीवनमा राहत

२०७५ जेठ २८ सोमबार
दिउसो ४:३९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ ।
तराई मधेस सहित देशैभरि बढेको अत्यधिक गर्मीपछि सोमबार  दिउँसो बल्ल मुसलेधार बर्षा भएको छ । 

 

पानी परेपछि तराईका जिल्लाहरुमा जनजीवन समान्य भएको छ । आईतवार मात्र अधिकत्तम तापक्रम ४१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

 

यतिको तापक्रम बढेपछि तराई मधेसमा जनजीवन प्रभावित भएको थियो भने कैँयो विद्यालयहरुमा विदा समेत घोषणा गरिएको हो । 

 

गर्मीका कारण तराई मधेसको विभिन्न जिल्लामा बेहोस हुने, रिँगटा लाग्ने जस्ता नाकारात्मक असर देखिएको थियो । 

 

सोमबार दिउँसो करिब ३ बजेदेखि बर्षा हुन थालेपछि मौसम चिसो भएको हो भने सर्वसाधारणमा राहत थपिएको छ । 

विगत केही दिनदेखि तापक्रम उच्च भएको थियो ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ जेठ २८ सोमबार

Bureau Menus

} }