Breaking ! धनुषाको बीरेन्द्रबजारमा "प्रेसर कुकर बम" फेला, बमस्थलमा सेनाको डिस्पोज टोली

यता, नेपाली सेनाको बम डिस्पोजल टोली बम स्थल पुगिसकेको प्रहरीले जनाएको छ । 

२०७५ जेठ २८ सोमबार
दिउसो १:४२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ ।
धनुषाको बीरेन्द्र बजारमा कुकर बम फेला परेको छ । 

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बीरेन्द्रबजार स्थित रहेको रामजानकी मन्दिरको विपरित दिसामा रहेको पोखरीको डीलमा उक्त बम भेटाएको ईलाका प्रहरी कार्यालय भरपुर बीरेन्द्र बजारका सई दीप अर्यालले जानकारी दिए । 

 

बम फेला परेको सुचना सँगै ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एरिया क्लीयर गर्ने कार्य तीव्र पारेका छन् ।

 

यता, नेपाली सेनाको बम डिस्पोजल टोली बम स्थल पुगिसकेको प्रहरीले जनाएको छ । 

 

सेनाको धारापानी बेस क्याम्पबाट टोली बम निस्क्रिय गर्नको लागि पुगिसकेको जनाइएको छ । 

 

बम को र किन राखिएको बारे जानकारी आउन बाँकी रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७५ जेठ २८ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus