सिरहाः पर्यटकीय आकर्षणको केन्द्र बन्दै "बाबाताल" (फोटो फिचर)

-विनय यादव, सिरहा

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २८ जेठ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

 

 

पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब एक किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र उद्यानका कारण पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।

 

बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्य अवलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।

 

चुरे क्षेत्र नजिकै रहेको उक्त तालको अवलोकनका लागि गर्मीयामभन्दा जाडोको मौसममा बढी पर्यटक आउने गर्दछन् । उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोज स्थल, शिव मन्दिर, बालउद्यानदगायत पूर्वाधार निर्माण गरेको छ । 

 

 

पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका ताल संरक्षण सम्बर्द्धन समितिका एकजना सदस्यले बताउनुभयो । 'अरू बेलाभन्दा नयाँ वर्ष र चाडपर्वका बेला पर्यटकको घुइँचो लाग्छ,' उहाँले भन्नुहुन्छ । 

 

अहिले ताल रहेको क्षेत्रमा नेपाली, मैथिली र भोजपुरी चलचित्रको छायांकनसमेत हुन थालेको छ । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क रु १० तथा तालमा आधा घण्टा जलयात्रा गर्दा रु १५ शुल्क लिने गरिएको छ ।

 

 

बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन बगैंचा, बालउद्यान निर्माण गरिएको छ । त्यहाँस्थित भ्यूटावर समेतको निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । भ्यू टावर निर्माणपछि पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिन्छ ।

 

करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल घुम्न आउने पर्यटकको सुविधालाई ध्यानमा राखेर धर्मशाला निर्माण गरिएको छ । ताल क्षेत्रमा स्थानीयवासीले होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिरहेका छन् । बाह्य पर्यटक भित्र्याउन राजमार्गदेखि तालसम्मको सडक कालोपत्र गर्ने तथा केबुलकार सञ्चालन गर्ने योजना ताल संरक्षण समितिको रहेको छ ।

प्रतिकृया दिनुहोस

विद्युत प्राधिकरणको लापरवाही, बाटो नै अवरुद्ध हुनेगरी ट्रान्सफरर्मर जडान

न्यूज ब्यूरो | सिरहा, ०५ असार । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित नहर बाटोमा पर्नेगरि जडान गरिएको ट्रान्सफरर्मर पोलले आबतजाबतमा समस्या

आफ्नै श्रीमतीलाई विष खुवाएर मार्ने बाबु छोरा सहित तीन पक्राउ

न्यूज ब्यूरो | जनकपुरधाम, ३ असार । आफ्नै श्रीमतिलाई विष सेवन गराई हत्या गरेको अभियोगमा धनुषा जिल्ला अदालतबाट दोषि ठहर भएका तीन जनालाई धनुषा प्रहरीे

धनुषाको परसाहीमा महरा परिवार उपर चरम दमन, गाउँबाट भगाउन खोज्दै खुलासा !

न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । धनुषा जिल्लाको परसाहीमा दलित महरा परिवार उपर चरम दमन गरिरहेको तथ्य बाहिर आएको छ ।    धनुषाको सबैला नगरपालिका

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post