शसस्त्रका सिंघम ईन्स्पेक्टर पन्तले यसरी फेला पारे लाखौँको अबैद्य समान

२०७५ जेठ २८ सोमबार
दिउसो १२:४२ बजे
न्यूज ब्यूरो, डेस्क


चन्दन रौनियार  |
सुनसरी, २८ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प दुहवीले २ लाख १० हजार एक सय रकम बराबरको अबैध सामान पक्राउ गरेको छ ।


भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएका सामान दुहवी ७ फ्र्रसाहि मुस्लिम टोल नहरछेउबाट पक्राउ  गरिएको दुहवीका सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्थले जानकारी दिएका छन् ।


पन्थकै कमाण्डमा खटिएको गस्ती टोलीले आइतबार  २ लाख १० हजार बराबरको सामान बरामद गरेको थियो ।


अबैध रुपमा भन्सार छलि ल्याएको तयारि पोसाक,कुर्ता सुरुवाल ४०पिस , लेडिज लेगिज १३१ पिस ,टप १८९ पिस , जिरा, पापड लगायत समान  पक्राउ गरिएको पन्थले बताए ।


साइकलमा आएका ४ जना नेपाल भित्र्याइएका सामान नहरमा छोडेर भागेको प्रहरी निरीक्षक पन्थले बताए । 


सामान मिलाउने क्रममा स्थानियहरुले सशस्त्र प्रहरी बल दुहवीले चढ्ने  बा १ ज ६५२५ नम्बरको बोलोरोको  पछाडीको ढोकाको सिसा समेत फुटाइ दिएकोले उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पन्थले बताए ।

 

पन्थले तस्करहरुको आक्रमणको परवाह नै नगरी आफ्नो जिम्मेवारी फिल्मी शैलीमा निर्वाह गरेको बताइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७५ जेठ २८ सोमबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus