• २०७५ कार्तिक २ गते, शुक्रबार
०४:०४ am

कोशिश फाउण्डेशनद्धारा निःशुल्क स्वास्थ्य शिविर , ५ सय बढीले सेवा लिए 


न्यूज ब्यूरो  |
रुपन्देही, २७ जेठ ।
 भैरहवाको रुपन्देहीमा गैर सरकारी सँस्था कोशिश फाउण्डेशनद्धारा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । 

 

 रूपन्देही स्थित सिल्हतिया वडा नं. ५ मा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । 

 

कोशिश फाउण्डेशनको भैरहवा शाखाले रिभाइभ टिम नेपालको सहयोगमा कोशिश फाउण्डेशन भैरहवाका संस्थापक सुभाष गुप्ताको संयोजकमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामुल्क कार्यक्रमको आयोजना गरेको थियो।


चिकित्सक तथा मेडिकल विधार्थी लगायत ३१ जनाको टोलीले  रूपन्देही स्थित मर्चवारको सिलहटिया वडा नं. ५ मा ५ सय बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य चेक जाँच तथा निशुल्क औषधि वितरण  गरेको हो ।

 

उक्त कार्यक्रममा कोशिश फाउण्डेशनका सलाहकार तथा फिजिशियन डा. संजय शाह र डा. पताल गिरी आफै उपस्थित भई सेवा प्रदान गरेका थिए । 


टण्टलापुर घाममा पनि चिकित्सकहरुको टिमले शिविरलाईउत्सुकताका साथ सफल गरिदिएकोमा फाउण्डेशनले प्रशँसा तथा अभार प्रकट प्रेस विज्ञप्ति मार्फत गरेका छन् ।


यसका साथै,  कमिटी मेम्बरका तर्फबाट डा. कौशल कुमार मण्डल, डा. राजीव साह, स्मिता साह,चन्द्रकान्त यादव, अनुराग नाथ शुक्ला, राजू साह,राजू रौनियार तथा सवै मेम्बर लाई कोशिश फाउण्डेशनका प्रेजिडेंट डा. सरिता यादवले कार्यसफलताको लागि धन्यवाद ज्ञापन गरेको जनाइएको छ । 

 


शिविरको लागि चिकित्सक टिमलाई व्यवस्थापन तथा खानामा सहयोग  केशव बनिया,कन्हैया बनिया, अग्निशक्ती यादव, रामविकास चौधरी र सुनील कुमार कलवारले सहयोग गरेका थिए ।

 

निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ सर्वसाधारण लाभान्वित भएपछि खुसी व्यक्त गरेका थिए । 


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस