• २०७५ पौष ४ गते, बुधबार
०१:४४ pm

अनाथ बालबालिकाद्धारा कृषि समाग्री भवन शिलान्यास


न्यूज ब्यूरो |
जनकपुरधाम, २७ जेठ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौलीमा कृषि उत्पादन भवनको शिलान्यास गरिएको छ । 


कृषि समाग्री उत्पादन भवन निर्माणको लागि अनाथ बालबालिकाहरुबाट शुभारम्भ गराउँदै कृषि मेसिन नाराएग्री मेसिन अविष्कारक अमर मण्डलले पठनपाठनको जिम्मेवारी समेत लिए । 

 

स्थानीय ७ बर्षिय बालक सिकेन्द्र कुमार मण्डल र ५ बर्षिय बालिका राधिका कुमारि मण्डललाई अमरले प्राथमिक तहसम्म पढाउने जिम्मेवारी उठाएका हुन् ।

यी बालबालिका अनाथ रहेकोले यीनीहरुलाई पढाएर एक जिम्मेवार नागरिक बनाउने सपना रहेको मण्डलले बताए । 

 

केही बर्षअघि मात्र मण्डलले आफ्नो मातापिताको नाम दिएर बाली काट्ने मेसिन नागाएग्री मेसिन बनाएर चर्चामा आएका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस