• आइतबार ५-३-२०७५/Sunday 08-19-2018
10:04 am

मिर्चैयाको जरुवा नदीमा डुबेर एक बालकको मृत्यु 

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २७ जेठ । सिरहाको एक नदिमा डुबेर एकजना दुधे बालकको ज्यान गएको छ । सिरहाको मिर्चैया नपा ९ रमपुरामा आज (आइतबार) करिब ११ बजे जरुवा खोलामा डुबेर एक बालकको मृत्यू भएको हो ।

 

मिर्चैया नगरपालिका वडा ९ बस्ने नन्दलाल महतोको अढाई वर्षीय छोरा ओम महतोको घरकै छेउमा रहेको जरुवा खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । खेल्दाखेल्दै घरबाट निस्केका बालक केही समयसम्म घर नआएपछि खोज्दैजाँदा घर नजिकै रहेको जरुवा खोलामा डुबेर तैरिरहेको अबस्थामा फेला परेको परिवारजनले जनाएको छ ।

 

मृतक बालकको शव परिक्षणको लागि लहान अस्पताल लगिएको ईप्रका मिर्चैयाका डिएसपी दिपक कुमार खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस