• आइतबार ५-३-२०७५/Sunday 08-19-2018
10:04 am

धनुषाको खजुरीमा महिला दुरव्यवहार गरेको भन्दै ४ जना पक्राउ 


न्यूज ब्यूरो |
जनकपुरधाम, २५ जेठ ।
 जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीमा महिला दुरव्यवहार गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

गत बुधबार राती करिब ९ बजेतिर स्थानीय एक महिलालाई कुटपिट गरी दुव्र्यवहार गरेको भन्दै सोही ठाउँ बस्ने बर्ष ४० का जयप्रकाश पण्डित, बर्ष ३० का शँकर राय राय, बर्ष ३२ का रामदयाल पण्डित र बर्ष ४८ का सुरेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो । 

 

उनीहरुले वडा नं. ४ बस्ने बर्ष २६ की अक्सना खातुनलाई कुटपिट तथा दुरव्यवहार गरेको भन्दै स्थानीयहरुले खवर गरेपछि ईलाका प्रहरी कार्यालय खजुरीबाट गएको टोलीले पक्राउ गरी हिरासतमा राखेको प्रहरी नीरिक्षक एवम् ईन्चार्ज शेषराज थन्दारले जानकारी दिए । 

 

थन्दारका अनुसार घटनामा सँलग्न अझ २ ३ जना फरार रहेको तथा उनीहरुको खोजी कार्य भईरहेको जनाएको छ । 

 

यता, वडा नं. ४ का वडाध्यक्ष हरिचन्द कामतले कुटपिट गरिएको महिलाको आचरण समाजिक रुपमा ठिक नभएको प्रतिक्रिया दिएका छन् ।

 

उनले भने, "महिलाको आचरण ठिक छैन, स्थानीय एक युवासँग अनैतिक सम्बन्ध रहको कुरा सुन्नमा आएको छ । दुवै राती एउटै कोठामा पक्राउ परेपछि स्थानीय युवाहरुले समाजिक दृष्टिकोणले आवेगमा कुटपिट गरेको हो । तर प्रहरीले मेरो कुरा नसुनिकनै जबरदस्ती यातना दिरहेका छन् ।

 

वडाध्यक्ष कामत प्रहरीले आफ्नो कुरा सुन्दै नसुनेको र स्थानीय सरकारको नीति नियमलाई लत्याएको बताए । 

 

कुटपिटबाट खातुन घाईते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । 

खातुनको श्रीमान बैदेशिक रोजगारीको क्रममा विदेश बस्दै आएको छ । 

 

स्थानीयहरु अनुसार, खातुनको स्थानीय २० वर्षिय जीवछ साह लहेरीसँग अनैतिक सम्बन्ध रहदै आएको छ । बुधबार राती लहेरी खातुनको घरमा गएको र स्थानीय केही युवाहरुले देखेपछि दुवैलाई कुटपिट गरेको हो । 

 

उनीहरुले समाजिक सद्भाव बिगारेको तथा समाजमा नाकारात्मक असर पर्ने गरी कार्य गरेको भन्दै कुटपिट गरेको बताइएको छ । 

 

पक्राउ परेको व्यक्तिहरुलाई प्रहरीले समातेको तथा आरोपितहरुलाई छाडेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

 

पक्राउ गरिएका व्यक्तिहरुलाई बलजबरदस्ती फँसाइएको बताइएको छ । महिलालाई कुटपिट गर्नेमा अन्य व्यक्तिहरु भएपनि ४ जनालाई मात्र लक्षित गरी फसाँइएको बताइएको छ । 

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस