• २०७५ कार्तिक १ गते, बिहीबार
०८:१३ am

कान्छो मेयर कप हेर्न हजारौ दर्शकको भीड, छिट्टै पहलवानी खेलाइने 


न्यूज ब्यूरो |
जनकपुरधाम, २२ जेठ ।
नेपालकै कान्छो मेयर भनेर परिचित धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाद्धारा आयोजित मेयर कप हेर्न सोमबार हजारौँ दर्शकको भीड ओर्लिए । 

 

प्रदेश स्तरीय मेयर कपको फाईनल खेल हेर्नको लागि विभिन्न गाउँहरुबाट हजारौँको सँख्यामा भिड ओर्लिएको थियो । 

सहिदनगर नगरपालिका यदुकुहामा आयोजना गरिएको प्रदेश स्तरीय मेयर कप फुटबल तथा कबडी प्रतियोगिता कार्यक्रम सोमबार सम्पन्न भएको हो । 

 

 

गत जेठ १४ गतेदेखि सुरु भएको खेल जेठ २१ गते समापन गरिएको हो । अन्तिम खेलमा विजयी भएका रौतहट टिमलाई मेयर बरबरियाले प्रथम पुरस्कार स्वरुप ३१ हजार रुपैयाँ नगद सहित ट्राफि प्रदान गरेका थिए भने दोस्रो हुने टिमलाई समेत २१ हजार रुपैयाँ नगद ईनाम सहित ट्राफी प्रदान गरेका थिए । 

 

 

फुटबल खेल अन्तर्गत रौतहट र सर्लाहीबीच भएको फाइनल खेलमा रौतहटले जीत हात पारेका थिए । 

 


छिट्टै पहलवानी खेलाइने

 

प्रदेश स्तरीय प्रथम मेयर कप सफल भएपछि नगर विकास र खेलकुदको माध्यमले सम्बन्ध बढाउने उदेश्य सहित निकट भविष्यमै पहलवानी खेलाइने बताएका छन् ।

 

मँगलबार न्यूज ब्यूरोसँग कुरा गर्दै कान्छो मेयर बरबरियाले सँस्कृतिको खेल, पौराणिक र मिथिलाको धरोहरको रुपमा रहेको पहलवानी खेल शिघ्र आयोजना गरिने बताए । 

 

पहलवानी खेलमा प्रदेशको ८ वटै जिल्लाबाट पहलवान खेलाडीहरु न्यौतिने छ भने अन्य ठाउँहरुबाट समेत दिग्गज खेलाडीहरुलाई सहभागी गराइने छ । 

 

पहलवानी खेल अहिले तराई मधेसमा अति चर्चित र लोकप्रिय मानिन्छ । पहलवानी हेर्नको लागि टाढा टाढासम्म खेलप्रेमीहरु जान रुचाउँछन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस