पञ्चायतमै महिलालाई कपडा च्यातेर कुटपिट गरेपछि.....

२०७५ जेठ १९ शनिबार
बेलुकी ६:१६ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १९ जेठ ।
धनुषामा एक महिला उपर हदैसम्म दुव्र्यवहार गरिएको छ । 

 

धनुषाको मिथिला नगरपालिका वडा नं. ९ लालगढमा एक महिलालाई कपडा च्यातेर निर्घात कुटपीट गरिएको छ ।

 

शनिवार विहान गाउँमै स्थानीय जनप्रतिनिधि, महिला र समाजकै बिचमा भइरहेको छलफलमा मनोज लामाकी श्रीमती २८ वर्षीया मन्दिरा लामालाई लुगासमेत च्यातचुत पारेर निर्घात कुटपीट भएको हो ।


स्थानीय एक युवतीको बाहिरको केटासंग हिमचिम रहेको र उक्त हिमचिम गराउन मन्दिराकै मुख्य भूमिका रहेको स्थानीयहरुको आरोप छ ।


त्यहि विषयका छलफलमा आरोप प्रत्यारोप भएपछि आफन्त र स्थानीय छरछिमेकसमेतले सार्वजनिक रुपमै निर्घात कुटपीट गरेका हुन् । 


कुटपीटबाट घाइते भएकी मन्दिराको उपचार ढल्केवरको एक क्लिनिकमा भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार कुटपीटको क्रममा मन्दिराको लुगाकपडा पनि च्यातिएको छ ।


त्यस्तै स्थानीय युवतीसंग हिमचिम रहेको आरोपीत युवक सप्तरीको कञ्चनरुप नगरपालिका १२ का भीमनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यता यस घटना विषयमा त्यस वडाका वडाध्यक्ष दीपक जंगथापाले आफु उक्त छलफलमा पुग्नु अघि नै छलफलको क्रममा आरोपप्रत्यारोप हुँदा महिलामाथि कुटपीट भएको बताउनुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७५ जेठ १९ शनिबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }